ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि सांसद भण्डारीद्धारा पाइप उपलब्ध

दमौली खबर संवाददाता

दमौली चैत १४ । ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीको पहलमा पाईप उपलब्ध भएको छ ।

तनहुँको म्याग्दे ४ स्थित पिपलटार खानेपानी आयोजनाका लागि ३ लाख ७० हजार बराबरको खानेपानीको पाईप उपलब्ध गराईएको हो । खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिए पछि वैकल्पिक ढंगले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाईप उपलब्ध गराईएको हो ।सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा.सन्तोष कैनीलाई टेलिफोन गरि पाईपको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो ।

सांसद भण्डारीको आग्रह अनुरुप खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत पाईप उपलब्ध गराईएको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर अधिकारीले जानकारी दिनुभयो । खानेपानीको ट्यांकीमा सव भेटिएपछि सो १सय ३८ घर परिवारलाई खानेपानीको समस्या भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button