ट्राफिक प्रहरीको काम सर्वसाधरणलाई धम्क्याउने, ठुलाबडालाई फकाउने

दमौली, फागुन १४
दमौलीका ट्राफिक प्रहरीबाट सर्वसाधरण जनताले निकै हैरानी बेहोर्नु परेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीको काम सर्वसाधरण जनतालाई धम्काउने र ठुलाबडालाई फकाउने रहेको आम जनताको गुनासो छ । कहिलेकाँही सवारी परिचय पत्र र ब्लु बुक साथमा लिएर हिड्न छुटेका सर्वसाधरणले ट्राफिक प्रहरीबाट अनावश्यक हैरानी मात्र हैन, जरिवाना समेत तिर्नु परेको छ तर खुलेआम सवारी नियम उल्लंघन गर्ने ठुलाबडाहरुलाई तिनै ट्राफिकबाट संरक्षण मात्र हैन, प्रोत्साहन नै हुने गरेको दमौलीबासीले गुनासो गरेका छन् ।

दमौली नजिकैको तालघरे, गल्वुवेशी, बागभन्ज्याङ, हाईस्कुटार, भादगाउँ वा चापाघाटका जनता तरकारी किन्न होस, या औषधी किन्न या अन्य कुनै सामान किन्न दमौली बजार आउँदा र र्फकदा उनीहरुको आवश्यक कागजतपत्र घरमै छुटेको अवस्थामा पनि ति सर्वसाधरणले जरिवाना तिर्नु परेको अवस्था छ भने राजमार्गमा सवारी नियम उल्लंघन गर्दै खुलेआम निर्धक्क गुड्ने ट्रिपर, ट्रक होस या कुखुरा बोकेर गुड्ने, बालुवा बोकेर गुड्ने अथवा क्षमता भन्दा बढि यात्रु राखेर गुड्ने माईक्रोलाई ट्राफिक प्रहरीले आफ्नो नाकै अगाडी भएपनि देखे पनि नदेखे झैं गर्ने गरेको सर्वसाधरणको गुनासो छ । हुन पनि ट्राफिक प्रहरीले व्यवहार पनि त्यस्तै गरेको छ ।

सवारी नियम उल्लंघन गर्दै क्षमता भन्दा धेरै यात्रु बोक्ने माईक्रो होस् या बालुवा वा कुखुरा बोक्ने गाडीले ट्राफिक प्रहरीलाई कमिसन बुझाउने गरेको कारणले उनीहरुले छुट पाउने गरेका छन् । बालुवा बोक्ने एक ट्याक्टर चालकले भने ट्राफिकलाई प्रत्येक टिप अनुसारको कमिसन बुझाउने गरेको कारण नै आफुहरुले छुट पाउने गरेको बताए ।

सर्वसाधरण जनतालाई जालमा पार्न ट्राफिक प्रहरी बिरालोले मुसालाई ढुके झै राजमार्गको कुना ढुकेर बस्ने एक पीडित सर्वसाधरणले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमुख पुर्णबहादुर अधिकारी आफुलाई प्रहरी महानिरिक्षक भन्दा माथिल्लो ओहोदाको ठानी सर्वसाधरणसँग त्यस्तै व्यवहार गर्ने गरेको एक पीडितले बताए ।
गोरखामा दिदिको विवहामा जान लागेका एक सर्वसाधरणलाई मोटरसाईकलको साईलेन्सर पाइप ठुलो भएको बाहानमा ट्राफिक प्रहरीले पिमंगलबार बुल्दी खोलाको पुल नजिकैबाट नियन्त्रणमा लिई कार्यालयमा लिएर आए । ति सर्वसाधरणले भोली दिदिको विवहा छ, जसरी पनि जानु पर्छ, बरु ब्लुक बुक या लाईसेन्स राख्नुस् तर मोटरसाईकल दिनुस् भनेर निकै अनुरोध गर्दा ट्राफिक प्रमुख अधिकारीले उल्टै दुव्र्यहवार गरि हिरासतमा राख्ने धम्की समेत दिएको ति पीडितले गुनासो गरे । ‘मलाई फोन गरेर दवाव दिने, मलाई कसले छुन सक्छ’, भन्दै ट्राफिक प्रमुख अधिकारीले ति सर्वसाधरणलाई उल्टै थुनिदिने धम्की दिएका थिए ।

यसरी सर्वसाधरण जनताको सानो सानो कमजोरीमा फाईदा उठाई धम्काउने र ठुलाबडाको कमजोरीमा आँखा चिम्लेर मासिक लाखौं कमिसन खाने चक्करमा ट्राफिक प्रमुख अधिकारी संलग्न रहेको सर्वसाधरण जनताको गुनासो छ । हालै अवकास पाएका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रिय पात्र भएको कारण अधिकारीले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको आदेश समेत नमान्ने बुझिएको छ ।

यो खबर आजको लोकबाणी दैनिकमा प्रकाशित गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button