काँगे्रसको तल्लो तहका सबै अधिवेशन स्थगित


दमौली खबर
साउन १०, दमौली । नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । हिजो बसकेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनलगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए । प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए । कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button