सुनसान छ समयको घडी सायद ब्याट्री छैन यसमा अझ भनौँ तागत छैन चलमलाउने मान्छेका प्रेम र घृणाको पनि छैन पर्बाह वेपर्वाह हुनुमा न त हर्ष छ न त विस्मात कौवालाई बेल पाक्नु र दुनियाँमा अनेक परिवर्तन हुनु एकै हो उसका लागि पर्बाह गर्दा गर्दा थाकेपछि सायद कोहि यतिविघ्न वेपर्वाह बन्छ र केवल गरिरहन्छ अक्सिजन र कार्बनडाइअक्साइडको कारोवार र पनि एउटा जिउँदो विवशता तिर इङ्गित गर्दै फलाकिरहन्छन् मान्छे क्या आरामले बाँचेको छ क्या निस्फिक्री बाँचेको छ ए दुनियाँ कोहि भनिदेउ न मलाई के जिँउदो हुनु र बाँच्नु एकै हो?