आगलागी तुरुन्त नियन्त्रणमा आउनु खुसीको कुरा

तनहुँको सदरमुकाम दमौलीमा पटक पटक आगलागीका घटना भईरहेका छन् । एक वर्षको अवधिमा मात्रै तीन वटा आगलागी भएको छ । करीव एक वर्ष अघि मेनरोड दमौलीमा भूपाल हार्डवयरबाट सुरु भएको आगलागीबाट करोडौंको नोक्सान गरेको थियो । यस्तै गरी यसैबर्षको लक्ष्मी पुजाको दिन सफासडक र न्यूरोड स्थित कस्मेटिक पसलमा आगो लाग्दा लाखौंको धनमाल नोक्सान भएको थियो । तनहुँको व्यास नगरपालिका–२ बागबजारटोलमा बिहिबार दिउँसो आगलागी हुँदा तीन पसलमा क्षति पुगेको छ । एक होटल, एक कवाडी सङ्कलन र मोटरसाईकल मर्मत केन्द्रमा नोक्सान पुगेको छ । यि सबै आगोलागीमा समयमा नै नियन्त्र ण गर्न सकिएकोले मानवीय क्षति हुन सकेन । त्यसो त तनहुँका सदरमुकाम दमौलीमा विद्युतिय पोलमा धेरै तारहरु हुँदा आगो लाग्ने जोखिम बढेको त्यस तर्फ पनि ध्यान दिनु पर्दछ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो भए जस्तै आगो लागेर निभाउनु भन्दा आगो नै लाग्न नदिनु बुद्धिमता हो । रातको समयमा आगो लागि भयो भने नियन्त्रण गर्न ढिलाई हुने भएकोले विशेष सर्तकता उपनाउनु पर्दछ । सडक फराकिलो बनाउनु पर्दछ । सडक साँघुरो भयो भने ठुला दमकल लैजान कठिन हुन्छ । नगरपालिकाले पनि सडकको मापदण्ड बनाउँदा विपत्तलाई ख्याल गरेर बनाउनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button