भट्टराई उम्मेदवार हैन म आफै उम्मेदवार बनेको ठानेर जिताउन गठबन्धनका कार्यकर्तालाई महामन्त्री थापाको भनाई

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ६ गते

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सबै जना एकजुट भएर लाग्न गठबन्धनका कार्यकताहरुलाई आग्रह गर्नु भएको छ । ‘भट्टराई हैन म उम्मेदवार हुँ भनेर मतदातासँग भोट मागेर विजयी गराउनुस्’ थापाले भन्नुभयो । महामन्त्री थापाले पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि सदरमुकाम दमौलीमा गरेको चुनावी सभालाई मङ्गलबार सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था नरहेकोले गठबन्धन गर्नुपरेको उहाँले बताउनुभयो । ‘२०६२÷०६३ पछि पहिलो निर्वाचनमा पनि माओवादी प्रचण्ड मत प्राप्त गर्दा बहुमत प्राप्त गर्न सकेन, मिल्नुको विकल्प छैन’’महामन्त्री थापाले भन्नुभयो । निर्वाचन भन्दा अगाडी र पछाडी पनि गठबन्धन गर्नुपरेको उहाँको भनाई थियो । गठबन्धन दलको न्यूनतम साझा कार्यक्रम अनुसार पाँच वर्ष सरकार चलाउने उहाँले बताउनु भयो । ‘‘न्यूनतमा साझा कार्यक्रमलाई मार्गदर्शन मानेर पाँच वर्ष सरकार चलाउने हो , परिणाम पनि दिन्छौ’ थापाले भन्नुभयो । यो सरकार पाँच वर्ष सम्म चल्ने समय खेर जान दिनु नहुने र एक एक पल, क्षणको महत्व छ राखेर काम गर्नुपने थापाको भनाई थियो । प्रतिपक्षले पाँच वर्ष विग्रियोस् खेर जाओस् त्यसपछि म आउँछु म सरकार चलाउँछु भन्ने चाहाना राख्न नहुने थापाले बताउनुभयो । पाटीभित्र सङ्घर्ष गरेर, लडेर खारिएका नेताहरु कांग्रेसलाई बदल्छौं र बदलिएको कांग्रेसबाट नेपाललाई बदल्ने उहाँले बताउनुभयो । संसदीय चुनावमा टिकट काठमाडौंबाट दिने नभई जिल्लाबाटै दिने व्यवस्था गर्न लागि पर्ने उहाँको भनाई थियो ।

महामन्त्री थापाले भन्नुभयो तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई खारिएको नेता भएकाले मत दिएर जिताएर परिवर्तनको लागि साथ दिन कार्यकर्तालाई आग्रह थापाले आग्रह गर्नुभयो । ‘‘हामी भागेका छैनौं, यही भित्र लड्ने र बदल्ने संसदभित्र गोविन्द भट्टराई जस्तो व्यक्ति आवश्यक परेको छ जिताएर पठाउनुहोस्’’ थापाले भन्नुभयो । घरभित्रका सबै नेतालाई एकै ठाउँमा राखेर कांग्रेसलाई अघि लिएर जाने थापाले बताउनुभयो । तनहुँले निर्वाचित भएको मतदानलाई सम्मान गरेर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको र फेरी पनि मतको सम्मान पाउँन तनहुँका जनताले उम्मेदवार भट्टराईलाई विजयी गराउनु पर्ने थापाको भनाई थियो । महामन्त्री विश्वप्रकाश शर्माले जनताले पनि देश प्रति सकरात्मक सोच राख्नु पर्ने बताउनु भयो । प्रजातन्त्रको पुर्नस्थापना पछि देशमा धेरै परिवर्तन भएकोले केही भएन, देश विग्रियो, नेता विग्रिए भन्ने सोचाई त्याग्नु पर्ने बताउनुभयो । ‘गाउँ गाउँमा मोटरबाटो पुगेको, विजुली बाल्न पाएका छौं’ पहिला त्यस्तो थिएन’’महामन्त्री शर्माले भन्नुभयो । सतिले सरापेको देश हैन, हामीसँग गौतम बुद्धको आर्शिवाद छ भनेर सोच्नु पर्ने शर्माले बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्राप्त उपलब्धी र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रति नै आर्कमण भएकोले गठबन्धन गर्नु परेको बताउनुभयो । कार्यक्रम नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षमा भएको थियो । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारी, नेकपा एसका पोलिटव्यूरो सदस्य तथा सांसद कृष्णकुमार श्रेष्ठ किसान लगायतका नेताले गठबन्धनको मत धेरै भएकोले भट्टराईको जीत निश्चित भएको उत्साहका साथ प्रचारमा जुट्न आग्रह गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button