बौद्धिक अपाङ्गता भएका बालबालिकाले पाए सरसफाई सामग्री

दमौली खबर संवाददाता

दमौली, चैत्र ५

तनहुँको व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका १६ जना बालबालिकाहरुले शनिबार सरसफाई सामग्री पाएका छन् ।

खाद्यान्न र सरसफाईका सामग्री पाउदा विद्यालयमा अध्यरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु खुशी भएका छन् । मिष्ठान्न भोजनका साथमा सरसफाईका सामग्री पाएपछि बौद्धिक अपाङ्गता भएका ति बालबालिकाहरु हौसिएका हुन् । व्यास नगरपालिका २ को श्री टोलको आमा समूहले ति बालबालिकहरुलाई खाद्यान्न र सरसफाईका सामग्री वितरण गरेको विद्यालयले जनाएको छ ।

अध्यक्ष चन्द्रकान्त वाग्ले र पूर्व अध्यक्ष सरिता भण्डारीले विद्यालयका ति बालबालिकाहरुलाई खाद्यान्न र सरसफाईका सामग्री प्रदान गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिमला कुमाल, श्रीटोलकी अध्यक्ष वाग्ले, पूर्व अध्यक्ष भण्डारी,स्रोत शिक्षक सितादेवी कुवर, लगायतकाले आमा समूहले बालबालिकालाई विद्यालयमा नियमित गराउन र पठनपाठनमा प्रेरित गर्न सामग्री उपलब्ध गराएको समूहकी सल्लाहकार रुद्रमाया पौडेलले बताइन । सोही अवसरमा श्रीटोल आमा समूहमा आबद्ध व्यक्तिहरुले बालबालिकाहरुको पौष्टिक आहारका लागि ८ हजार ५ सय रुपैयाँ सहयोग गरेका विद्यालयका प्रधानाध्यापक मदन वाग्लेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button