अमरापुरी पुलचोकमा नाग र शिवको मूर्ति स्थापना गरियो

दमौली खबर संवाददाता

दमौली, फागुन ४ गते ।

व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता नाग र शिवको मूर्ति स्थापना गरिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा दुई मूर्ति स्थापना गरेको हो ।

टोलमा आध्यामिक सन्देश दिन तथा सुन्दरताको लागि मूर्ति स्थापना गरिएको टोल विकास सस्थाका अध्यक्ष हर्षनारायण श्रेष्ठले बताउनुभयो । नागको मूर्तिको लागि अध्यक्ष श्रेष्ठले नै ८० हजार सहयोग गर्नु भएको थियो भने मूर्तिको शिवको मूर्ति एक लाख ३२ हजार खर्च गरेर टोलले बनाएको हो । मूर्तिको विधिपूर्वक यही शिवरात्रीको अवसरमा प्राणप्रतिष्ठा गरिने र उद्घाटन हुने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button