आलुमा आत्मनिर्भर बनाउने प्रयास

शुक्लागण्डकी नगरपालिका–८ का फाँटहरु यतिबेला आलुका बोटले हरिया देखिन्छन् । वडालाई आलुमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदानमा विउ वितरण भएपछि पोहोरको तुलनामा धेरै आलु लगाईएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा आलुको विउ वितरण गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बर्ता ।

एक वडा एक उत्पादन’ कार्यक्रम मार्फत वडाले आलु खेती कार्यक्रम सञ्चालन गरीरहेको छ । सोही बमोजिम किसानलाई आलु खेतीमा प्रोत्साहन गरी उत्पादनमा बृद्धी ल्याउन विउ अनुदानमा दिईएको वडाध्यक्ष रेग्मीले बताए । निलो आलु ११ हजार ५ सय किलो र जनकदेव आलु १८ हजार ५ सय गरी ३० हजार किलो आलु ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

वडाको लालिम, मलायफाँट, ढोरफिर्दी दहरे फाँट लगायतका स्थानमा आलु खेती गरिएको छ । वडाको यी ठाउँहरु आलुको लागि उपयुक्त मानिन्छ ।

गतबर्ष वडामा चार लाख किलो आलु उत्पादन भएको थियो । आलुबाट मनग्य आम्दानी लिन किसना सफल भएका थिए । ‘आलुबाट राम्रै आम्दानी हुने भएपछि यो वर्ष आलुखेती गर्ने किसान ५० प्रतिशत बढेका छन् । वडाको जताततै आलु लगाएको देखिन्छ । यो बर्ष आलु उत्पादनमा बृद्धी हुने विश्वास लिएका छौँ’, उनले भने ।

उत्पादित आलुको व्यवस्थापनका लागि वडा कार्यालयले कोल्डस्टोर बनाउने तयारी गरेको छ । संघीय सरकारबाट प्राप्त भएको एक करोड रुपैयाँ, नगरपालिकाबाट एक करोड ५० लाख रुपैयाँ र स्थानीय उपभोक्ताबाट एक करोड रुपैयाँ लागत व्यहोर्ने गरी कोल्डस्टोर निर्माण गर्ने तयारी भएको उनको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button