समुदायमा संक्रमण भेटिए संगै कडाई गर्न सांसद खानको माग

दमौली
तनहुँको भानु नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिए संगै तनहुँमा कोरोना भाइरसको डर बड्दै गएको छ । शुक्रबार प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा तनहुँको भानु नगरपालिकाको २० जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ । यता समुदायमा संक्रमण भेटिए संगै नेकपा तनहुँकी नेतृ एबं सांसद कलिला खानले प्रशासनलाई कडाई गर्न अनुरोध गरेकी छन् ।

सांसद खानले प्रमुख जिल्ला अधिकारी सागर आर्चायलाई टेलिफोन गरी संक्रमण भेटिएको ठाउँमा शिल गर्न सुझएकी छन् । प्रजिअ आचार्यको अनुसार संक्रमण भेटिएका क्षेत्रमा शिल गरि हिडडुलमा रोक लागाइएको छ । उनले भने “हामीले डुम्रेबाट उता हिडडुलमा रोक लगाएका छौं, संक्रमण फैलिन नदिन अब दमौली बजारमा पनि कडाइ गर्दै बजार बन्द गराउने सोचमा छौं ” ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button