भानुकपको उपाधि तनहुँ ११ लाई

 

दमौली÷२९, असार ।

भानुकप फुटबल प्रतियोगिताको उपाधि तनहुँ ११ ले जितेको छ । बुधबार भएको फाइनल खेलमा तनहुँ ११ ले सिद्धगुफा युवा क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । विजेता तनहुँ ११ र उपबिजेता सिद्ध गुफा युवा क्लबका खेलाडीहरुलाई क्रमशः २ लाख र १ लाख नगद तथा मेडल, ट्रर्फी र प्रमाणपत्र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदान गर्नुभयो । सोही अवसरमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको आत्मबल बढेर राष्ट्रिय मात्रै नभई अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

तनहुँ ११ का तर्फबाट जर्सी नं. ११ का दिपेश आले मगर र जर्सी नम्बर ९ का सुमिन थापाले १÷१ गोल गरेका थिए । सिद्ध गुफा युवा क्लबका खेलाडीहरुले थुप्रै सुनौला अवसरहरु खेर फाल्दा खेलमा पराजित भएका हुन । तनहुँ ११ का तर्फबाट आले मगरले पहिलो हाफ र थापाले दोस्रो हाफमा गोल गरेका थिए ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवारद्वारा प्रतियोगितामा आयोजना गरिएको हो । प्रतियोगितामा तनहुँ ११ का रणविर पौडेल उत्कृष्ट खेलाडी र सोही क्लबका दिपेश आले मगर सर्वाधिक गोलकर्ता घोषित भई आकर्षित पुरस्कार हात पारे । प्रतियोगितामा ३१ वटा टिमको सहभागिता रहेको छ । सान्त्वना हुने मस्र्याङदी र सामना युवा क्लबलाई २०÷२० हजार र प्रमाणपत्र उपलब्ध गराएको क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button