लेस्टरको सानदार जित, जेससको गोलमा सिटी विजयी

लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लेस्टरले न्युक्यासल युनाइटेडलाई ३–० गोलले हरायो ।

न्युक्यालको मैदानमा लेस्टरलाई जिताउन अयोज परेजले ३६ औँ मिनेटमा सुरुवाती गोल गरे । जेम्स म्याडिसनले ३९ औँ मिनेटमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।

८७ औँ मिनेटमा हाम्जा चौधुरीले गोल गर्दै लेस्टरलाई सजिलै जिताएका थिए । घरमै लेस्टरको दबाब झेलेको न्युक्यासलले गोलरहित हार खेप्यो ।

जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरले २१ खेलबाट ४५ अंक बनाएको छ । लेस्टर शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १० अंकले पछाडी छ । २५ अंक बनाएको न्युक्यासल ११ औँ स्थानमा छ ।

उता, गाब्रियल जेससले दुई गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई २–१ गेलले हरायो ।

सिटीको जितमा जेससले ५१ औँ मिनेटमा खाता खोलेका थिए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । जेससले ५८औँ मिनेटमा रियाद महारेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ७१औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सिटी विजयी भयो ।

जितसँगै सिटी तेस्रो स्थानमा छ । सिटीले २१ खेलबाट ४४ अंक बनाएको छ । एभर्टन २५ अङ्कसहित ११औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभपुलको १९ खेलबाट ५५ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ४५ अंक छ ।

अन्य खेलमा वेस्टहाम युनाइटेडले बर्नमाउथलाई ४–०, वाटफोर्डले वल्भ्सलाई २–१, साउथह्याम्पटनले टोट्टनहामलाई १–० र एस्टनभिल्लाले बर्नलीलाई २–१ गोलले हराएको छ । चेल्सी र ब्राइटनले १–१ तथा नर्विच सिटी र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button