विविध कार्यक्रम गरी व्यास दिवस भव्य रुपमा मनाईयो

दमौली । २९ असार । २८ औँ श्रीकृष्ण द्वैपायन व्यास अवतरण दिवस व्यास नगरपालिकामा भव्य रुपमा मनाईएको छ । विभिन्न स्थानमा कार्यक्रमहरु गरी मनाईएको हो । यस क्रममा व्यास नगरपालिकाको सहयोगमा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष दमौली तनहुँको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य सरिता गुरूङले उद्घाटन गर्नु भयो । सो अवसरमा सांसद गुरुङले गुरूपूणिमाको दिन गुरूलाई नमन गर्ने दिन भएको बताउनुभयो । सांसद हुँदा र नहुँदा पनि व्यास जन्मस्थलमा विकासमा लाग्ने बताउदै उनले व्यासक्षेत्रको पर्यटकीय प्रवर्द्धनमा जोड दिने बताउनुभयो । विश्व हिन्दु महासंघ केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले वैद्दिक सनातन धर्म नै मूल धर्म रहेको बताउनुभयो । व्यास भूमिलाई धर्मराष्ट्र बनाउन चाहेको उनले बताए । व्यास क्षेत्रमा वेदव्यास विश्वविद्यालय बनाउन लाग्ने बताउनुभयो । किरात धर्म गुरु प्रा. डा. चन्दकुमार शर्माले ध्यानबाट ज्ञान ज्ञानबाट विज्ञान जन्मने बताउनुभयो । व्यास क्षेत्रलाई ज्ञान सहित बिज्ञानमा जोड्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा व्यास नपा प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपलिकाले व्यास क्षेत्रको विकासमा कामहरु अगाडी बढाउदै आएको र आगामी दिनमा समेत गर्ने बताउनुभयो । व्यास अध्यता काशीनाथ न्यौपानेले व्यास भूमि आफैमा महत्वपूर्ण भुमी भएको बताउदै यसको धार्मिक पर्यटकीय प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जैन धर्मगुरू नमन उपाध्याय, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सिग्देल, कोषका उपाध्यक्ष एकबहादुर रानाले, शान्ति स्वरूपानन्द दामोदर बाबा, वेद अनुयायी प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकान्त काफ्ले, व्यास अध्यता काशीनाथ न्यौपाने लगायतले व्यासको महत्वको बारेमा प्रकाश पार्नु भएको थियोे भने कार्यक्रमको सहजीकरण कोषका महासविच विष्णभुक्त सिग्देलले गर्नुृ भएको थियो । अनसन चौतारीबाट ¥याली सहित सुरु भएको कार्यक्रम व्यास नगरपालिकामा रहेको वेदव्यासको मूर्तिमा माल्यपर्ण समेत उक्त अवसरमा गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button