सम्मानान्तर कमिटिको कुनै औचित्य छैन ः महेश बस्नेत

दमौली खबर संवाददाता

नेकपा एमालेका केन्दिप्रय सदस्य एवंम् सांसद महेश बस्नेतले नेकपा भित्र बनाईएका सम्मानान्तर कमिटिको कुनै औचित्य नरहेको बताएका छन् । राष्ट्रिय युवा संघ तनहँुले मंगलबार दमौलीमा आयोजित जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताए । उनले भने,‘सत्ताको लोभले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अभियानमा प्रचण्ड लागेका छन् । सुर्य चिन्ह भएको पार्टीलाई समाप्त पार्न प्रचण्डले ठुलो खेल रचेका छन् ।’ उनले अघि भने,‘नेकपा एमाले पार्टी समाप्त पार्ने खोज्नेहरूलाई भूगोलमा नभई गूगलमा खोज्नु पर्ने दिन आउने छ । ’ नेकपा एमाले पार्टीको विरुद्धमा लाग्नेको राजनितिक भविष्य अध्यारो खाल्डोको रहेको बताउदै सहि मार्गमा हिड्न उनले सुझाव दिए । सांसद मन्त्री बस्ने प्रधानमन्त्री ओली समृद्धिको नेता रहेको बताउदै प्रचण्ड, माधव र झलनाथ विभाजनको नेता भएको उल्लेख गरे । साथै उनले राजनीति विकास र समृृद्धिका लागि हो भन्ने कुरा प्रधानमन्त्रले प्रमाणित गरेको बताए । नेपालको राजनितिमा गलत चिजको हावी हुन लागेको भन्दै त्यसको विरुद्ध युवाले प्रतिबाद गर्नुपर्नेमा उनले जोड दिए । अहिले प्रचण्डको निर्देशनमा बनाईएको सम्मानान्तर समिति गठन चुनाब सम्म राखि नेकपा एमालेले हराउने षडयन्त्रमा लागिरहेको उनले आरोप लगाए । बस्नेतले प्रचण्ड पक्षले विपक्ष देखि अन्यलाई राष्ट्रपति देखि प्रधानमन्त्री सम्मका विभिन्न पदको प्रलोभन देखाएर नेपाली कांग्रेस सँग मिलेर पुन सरकार र सत्तामा आउने दाउँ खोजी रहेको बताए ।युवा संघका केन्द्रिय अध्यक्ष बच्चनबहादुर सिंहले युवाहरु सिर्जनशिल रहेको हुनाले उत्पादन सँगै समृद्धिमा जोड दिनुपर्ने बताए । नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले केपी ओलीको नेतृत्वमा देशमा विकास सम्भव रहेको बताए । संघका जिल्ला अध्यक्ष उज्वल खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारी, प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ, राष्टिय सभा सदस्य एवंम् पार्टीकी जिल्ला सचिव भगवती न्यौपाने, जिल्ला उपसचिव विष्णुभक्त सिग्देल लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button