अध्यक्ष भट्टराईद्धारा सकरात्मक कदम

नेपाल शिक्षक सङ्घ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले पहिलो कदम नै अनुकरणी गर्नु भएको छ । शिक्षक कल्याणकारी कोष स्थापना गर्नको लागि दुई लाख रुपियाँ प्रदान गरेर सकरात्मक सन्देश फैलाउन मद्धत पुगेको छ । बिहानीले दिउँसो जनाउँछ भने झै अध्यक्ष भट्टराईले सुरुवाती नै राम्रो काम गर्नु भएको छ । समस्यामा परेका शिक्षकलाई मद्धत पु¥याउने उद्धेश्यले नेपाल शिक्षक सङ्घ तनहुँले स्थापना गरेको कोषमा रकम जम्मा गर्न अध्यक्ष भट्टराईले रकम प्रदान गरी परिवर्तन गर्नु छ भने आफैबाट गर्नु पर्छ भन्ने सन्देश प्रवाह समेत गर्नु भएको छ । सङ्घको फागुन २० गते गरिएको नवौं अधिवेशनको क्रममा आफू अध्यक्षमा निर्वाचित भए अक्षय कोष स्थापना गर्ने र शिक्षक कल्याणकारी कोषलाई देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

धेरै जसोले बोलेको कुरा पुरा गर्दैनन् व्यास नगरपालिका–७ स्थित व्यास नगर समता विद्यालयकामा अध्ययन गर्ने ४४ जना छात्रालाई एक साता अघि स्टेशनरी सामग्री प्रदान गर्नु भएको थियो । केही समय अघि सोही विद्यालयका छात्र छात्राहरुको लागि पोशाख पनि सहयोग गर्नु भएको थियो । अध्यक्ष भट्टराईले ऋण तिर्न नसकेर आत्मदाहा गर्नु भएका झापाका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० हजार रुपियाँ आर्थिक सहयोग गर्नु भएको थियो । यस्ता अनुकरणीय काम गर्न ध्यान दिनु पर्दछ । मरेर जाने चोलामा काम सबैले स्मरण गर्ने गर्नुपर्दछ । भट्टराईले सामाजिक कार्य तथा शिक्षकको हक हितको लागि पनि दत्तचित्त दिएर काम गरेर नमुना बन्ने प्रयाश गर्नु उत्तम हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button