नक्सा संविधानमा संशोधन हुनुमा ऐतिहासिक उपलव्धी हासिल : सांसद श्रेष्ठ

राजेन्द्र परियार
जेठ ३१ दमौली ।
प्रतिनिधि सभा सदस्य एबं तनहुँ क्षेत्र १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानमा संशोधन भएकोमा ऐतिहासिक उपलव्धी हासिल भएको बताएका छन् । सरकारले आज  संविधानमा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सदनबाट पारित गर्ने भएको छ । सांसद श्रेष्ठले दमौली खबर संग कुरा गर्दै सरकारको यो कदम स्वागत योग्य रहेको बताए । श्रेष्ठले यो कदम प्रधानमन्त्री केपी ओलीको पालामा भएकोले आफु मात्र नभइ सारा नेपाली खुसी भएको भन्दै प्रधानमन्त्री ओलीलाइ धन्यवाद समेत दिएका छन् । संसदमा बोल्दै उनले जग्गा फिर्ता मात्र ल्याउने होइन अनाधिकृत रुपमा बसेका भारतिय सेना र सरकारी संरचना हटाउन अल्टिमेट दिन समेत आग्रह गरेका छन् । नक्सा सार्वजनिक गर्दा नेपालको सबै राजनितिक शक्तिमा एतिहासकि एकता भएको श्रेष्ठले बताए । उनले दमौली खबर संग कुरा गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा हिजो पनि थियो आज पनि हाम्रो हो र भोली पनि हाम्रो नै रहने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button