पृथ्वीराजमार्गमा अजङ्गको ढुङ्गा

दमौली खबर संवादाता
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाँउपालिका वडा नं १ स्थित बरचौरमा सुख्खा पहिरो खसेको छ । शनिबार बिहान ४ बजे पहिरो सँगै राजमार्गको बीचमा अजङ्गको ढुङ्गा समेत खसेको छ । पहिरो खसेपछि राजमार्ग चार घण्टा पछि एकतर्फी सञ्चालनमा आएको थियो । पहिरोसँगै राजमार्गको बीचमा पहिरो पन्छाएपनि अजङ्गको ढुङ्गा हटाउन समय लागेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । केही दिन निरन्तर परेको वर्षापछि घाम लाग्दा सुख्या पहिरो खसेको बताईएको छ ।

तनहुँ प्रहरीका प्रवक्ता समेत रहेका तिमिल्सिनाले भने,‘सडकको छेउ तर्फबाट एकतर्फी सुचारु गरिएको छ । सवारी साधनलाई केही समय होल्डीङमा राख्दै ढुङग फुटाउने काम भईरहेको छ । ’ उनले अघि भने, ‘पूर्णरुपमा सडक सुचारु गर्न समय लाग्छ । पहिरो पूर्ण रुपमा हटाउने काम भईरहेको छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button