समाज सेवी संगीता कर्माचार्य अब सम्झनामा मात्र
– चिनु पोख्ररेल
नेपाल महिला संघ केन्द्रीय सदस्य एवं समाजसेवी संगीता कर्माचार्यको कोभिडका कारणले निधन भएको आज ७ दिन भयो । उहाँको निधनले नेपाल महिला संघ केन्द्रीय कार्यालय परिवार शोकाकुल अवस्थामा रहेका छौँ । उहाँ प्रवुद्धशाली व्यक्ति हुनुहुन्थ्यो, साथीहरुमा पनि अति मिलनसार, सहयोगी र मृदुभाषाी साथीलाई गुमाउनु पर्दाको पिडा असाध्यै धेरै हूँदो रहेछ । यहि पिडालाई कम गर्नको निम्ति वारम्वार आइरहने यादको कारणले उहाँलाई सम्झन मन लाग्यो मलाई । संगीता कर्माचार्य लाहान नगरपालिकाको लाहान बजारमा बस्ने एक प्रतिष्ठीत व्यक्ति हुनुहुन्थ्यो । उहाँको आफ्नै निजि विद्यालय, देखि विभिन्न संघ संस्थाहरु सञ्चालन गर्दै आइरहनु भएको थियो । उहाँको लाहान बजार मै थुप्प्रै सटरहरु भाडामा लगाउनु भएको थियो । आम्दानीको स्रोतहरु मनग्य नै थियो । उनको विवाह लाहान निवासी नेपाली काँग्रेसको यूवा नेता महेश चौधरी सँग भएको थियो । उहाँका दुई छोराहरु छन् । पढाईको शिलशिलामा दुवै छोरा बुहारीहरु विदेश रहेकाले उहाँको श्रीमान श्रीमती दुवै जना एक आपसमा परेवा जोडि जस्तै प्रत्येक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
कोभिड–१९ को असर जव नेपालमा पर्न थाल्यो त्यति बेला देखि उहाँहरुले दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरु, गर्भवति महिलाहरु, मुसहर वस्तिमा परेका समस्या, ठेलावाला व्यापार गरी खानेहरुको जव लकडाउन शुरु भयो त्यति बेला उहाँहरुले यस्ता खालका मान्छेहरुलाई खोजी–खोजी खाना र नानाको व्यवस्थापन गर्नुभयो । उहाँहरुले समाजिक सञ्जाल मार्फत पनि दैनिक कार्यहरु र गतिविधिहरु पोष्ट गरिरहनु हुन्थ्यो र मलाई पनि ट्याग गर्नु हुन्थ्यो । म उहाहरुँले गरेको लाखौ सहयोगलाई नियालेर हेरि रहन्थे । कसरी खट्नु भएको छ तराईको वस्तीमा धनि असाध्यै धनि र गरिब असाध्यै गरिब बीचको खाडल कति गहिरो रहेछ भनेर । आफ्नो नगरपालिका भित्र रहेका विभिन्न वस्तीहरुमा इनार समेत खनेर खानेपानीको व्यवस्था गरिदिएको दिनहरु मेरो सम्झनामा झल्झली आइरहेको छ । साथी तिमि साच्ची नै धनको मात्र धनि थिइनौ मनको पनि धेरै धनि थियौ ।
मैले तिम्रो फेसबुक वालमा हेरे लाखौ लाहान वासी जनताले तिम्रो फोटो राखेर मनका गुनासाहरु पोखिरहेका छन् । लाखौ गरिबहरु चित्कार गर्दै रोइरहेका छन् । अब हामीलाई कस्ले सहयोग गर्छ ? हाम्रो आमा जस्तो काँग्रेस नेतृ हामीले गुमाउनु पर्दा आज हामी ज्यादै दुःखी छौ । भनेर टोल–टोलवासीहरुमा रुवाबासी चलेको छ । तिमि यति सफा दिलकी थियौ की सुत्केरी हुन लागेका महिलाहरुलाई अस्पताल लैजाने, चाहिने खर्च व्यवस्था गरिदिने । गर्भवति महिलाहरुलाई पौष्टिक आहारको समेत व्यवस्था गरिदिने काम गरेकी थियौ । त्यो सेवा र सुविधा प्राप्त गर्ने व्यक्तिहरु तिमिलाई सम्झेर कति भाव वेहाल भएका होलान त्यो दृश्य कल्पना गर्न पनि सक्दिन । साथी तिमि अस्थाएको क्षण लाहानवासीका लागि कालो दिन थियो । लाहान नगरपालिका शोकाकुल भएको थियो । हरेक पत्रपत्रिकामा तिम्रो बारेमा मात्र लेखेका थिए ।
कतै रोइरहेका तस्विर भेटिन्थो त कतै तिमिले सहयोग गरेको तस्विरहरु देखिन्थ्यो । तिम्रा ति जनता जुन तिम्रा निकरका थिए आज तिनीहरु टुहुरा भएको महशुस मैले गरेको छु । सामाजिक अभियान्ताको रुपमा देखिने मस जोडि भनेर जोडिएको सामाजिक सञ्जाल अब कस्ले चलाउला ? किन तिमीले तिम्रो महेशलाई एक्लो बनायौँ । तिमीसँग नपुग्दो के थियो ? तिमी विदेशका सुविधा सम्पन्न अस्पतालमा गएर औषधी उपचार गर्ने हैषियत भएको मान्छे आज किन अस्तायौ ? यो प्रश्न तिम्रो आत्माको लागि । त्यति मात्रै होइन तिम्रा ति कलिला युवा छोराहरुलाई कसरी टुहुरो बनायौं ? कसरी ? हेर तिमिहरुले मामु जति सामाजिक सेवा गर्न मन छ गर्नु हामी बाट कुनै रोकतोक हुदैन जति चाहिन्छ भन्नु हामी हजुरलाई पठाउँछौ भनेर भन्थ्यो । अब उनिहरुले मामु भनेर कस्लाई भन्ने ? खोई उनिहरुको आमा, तिमि यति निष्ठुरी बनेर जादाँ उनीहरु कति रोएका होलान, कति आत्तिएका होलान त्यसको हिसाब किताब वा चित्कार कस्ले सुन्छ । हेर संगीता तिमि जब नेपाल महिला संघको तेस्रो महाअधिवेशनबाट केन्द्रिय समितीमा आउँदै गर्दा तिम्रो पछि ५५ जना साथी साथमा थिए । ५५ जना मध्यको म पनि एक साथी थिए । जस्ले तिमिलाई राम्ररी चिन्ने बुझ्ने अवसर प्राप्त गर्ने ।
तिमिसँगको चिनजानले स्थानिय निकायको चुनावमा मलाई तराईका थुप्रै जिल्लाहरुमा नेपाल महिला संघले पठाएको थियो । मैले तिमिसँग सम्पर्क गर्दै गर्दा मेरो जिल्लाको पूर्व संविधान सभा सदस्य आदरणीय नेता उर्मिला थापा (पार्वती) दिज्यूलाई साथमा लिएर गएको थियो । उहाँ र म सँगै तराईका जिल्लाहरुमा जाने क्रममा तिम्रो घरमा बसेर खाना खाएको यति झझल्को आउँछ ? त्यस पछि तिमि हामी विराटनगरको आमसभा पुग्यौ त्यहाँको सुन्दर वातावरणमा हामीले काँग्रेसको संगठनको लागि कसरी ऐक्यवद्धता जाहेर गरेर ४ दिन सम्म हिड्यौ त्यो झल्झली आँखामा आइरहेको छ । त्यति मात्र कहाँ हो र २०७४ को संघको प्रदेशको चुनावमा पनि तिमि हामी थुप्रै जिल्ला घुम्यौ प्रचार प्रसारको लागि र बेलुकी तिम्रो घरमा आएर आराम गर्दाको क्षण कहिल्यै भूल्न सकिन म । तिम्रो आत्मीय जीवन साथी महेश चौधरी जि सँगै पनि राजनीतिक गफहरु हुन्थ्यो तैपनि तिमीसँगको सम्बन्धको कारणले महेश जि सँग हामी आर्थिक सामाजिक कुराहरुलाई विकास सँगै जोडेर पनि कुरा गथ्र्यौ ।
परिवार अति असल , सभ्य, शान्त वातावरणमा चलिरहेको आभास मलाई हुन्थ्यो । ति त्यस्ता दिनहरु थिए जुन चखेवा चखेवीको जस्तो जोडी यो जोडी लामो समयसम्म सँगै हुन्छ होला । यसरी लामो समय सम्म जोडी नै भएर सामाजिक अभियान्तको रुपमा हामीले देख्न पाउछौ होला भनिरहन्थ्यौ । तर त्यो चकनाचुर भएको छ । हाम्रा सपनाहरु भाडा नभै तिम्रा सपनाहरु पनि त आज विपना जस्तो भयो नि । खै तिमीले पर्खन सकेको हरे भगवान यस्तो साथीलाई हामीबाट छुटाएर तिमीले आखिर के पायौ ? दैवको लिला पनि अपरम्पार छ । तिम्रो चाहना कुशल नेतृ बन्ने भन्दा पनि कुशल सामाजिक अभियान्ता बन्ने रहेको थियो जो आज अधुरो भयो । प्रयास निकै प्रसंशानिय देखिन्थ्यो । यसलाई निरन्तरता दिनको लागि महेश चौधरी उहाँको श्रीमानले गर्नुभयो भने तिम्रो आत्माले शान्ति पाउने छ भन्ने मलाई लागेको छ ।
साथी म पनि त्यस दिन अलि विचलन अवस्थामा थिए किन भने नेपाली काँग्रेस धरमपानी कि नेतृ केशु गुरुङ्गको आमाको स्वास्थ्य अवस्था निकै कम्जोर भएको हुनाले केही सहयोग गर्न सकिन्छ कि उहाँ प्रति भनेर त्यस दिन विहाना देखि नै तनहँु वासी साथीभाइहरु सँगै सामान्य भेटघाट भइरहेको थियो ।
जव म घर आए घर आए पछि यसो मोवाइल चलाएको फेसबुकको वालभरी नै तिम्रो तस्विर सहित हार्दिक श्रद्धाञ्जली पोष्ट गरेको देखे । त्यस पछि म डाको छोडेर करिब आधा घण्टा लगातार रोएछु । धेरै जना मेरो अगाडी पछाडी हुनुहुदो रहेछ । मैले यसो आखाँ खोल्दा । के भयो दिद्ज्यू के भयो चिनु किन यस्तो भयो भनेर सोध्नु भयो । म नाजवाफ भए फेरी घुँक्क–घुँक्क रुन थाले सबैले सम्झाए पछि म अलि रुन छोडे । त्यस पछि मैले हाम्रो केन्द्रिय अध्यक्ष उमा रेग्मी दिदिलाई के भएको हो भने फोन गरे म्यासेन्जरमा । दिदि पनि रुनु भयो दिदि बहिनि करिब ५ मिनेट जति रोयौँ । त्यस पछि दिदिलाई सोधे दिदि के यो कुरो सत्य हो त भनेर दिदिले भन्नुभयो हो यो कुरा सत्य हो वहिनी मैले संगीताको श्रीमानलाई नै सोधे ।उसले रुदै जवाफ दियो दिदि संगीताले मलाई छोडेर गई, मलाई एक्लो बनाई अब म कसरी बस्ने भनेर भन्नु भयो भनेर उमा दिदिले भन्नु भयो । मैले पनि दिदि अब हामी के गर्ने त ? भनेर प्रश्न गरे । दिदिले एउटा जुम बैठक केन्द्रीय कार्यसमीतिको तुरुन्त बस्नु प¥यो चिनु वहिनी हजुरले धना जी सँग कुरा गर्नु त म पनि गर्छु भन्नु भयो ।
हामी दुवैले हाम्रो महासचिव धना खतिवडा दिदिसँग सम्पर्क ग¥यौ । दिदिले हस म व्यवस्था गर्छु भन्नु भयो । यता धना खतिवडा हाम्रो महासचिव र हामी केहि महिला संघका केन्द्रीय सदस्यहरुले ३,४ दिन अगाडि एउटा सल्लाह गरेका थियौ । हाम्रो साथीहरुलाई कतिलाई कोभिड भएको छ ? कतिको परिवारमा भएको छ । सन्चो विसन्चो केहि थाहाँ भएन एउटा सन्चो विसन्चोलाई भरचुयल वैठक राखुम भनेर सल्लाह गर्दा त्यहि दिन ठिक ४ः३० बजे गर्ने भनेका थियौ । त्यसै वैठकलाई हामीले केन्द्रीय वैठकको तत्काल आयोजना गरेर स्वर्गिय संगिता कर्मचार्य प्रति एक मिनेट मोनधारण गरि शोक प्रस्ताव पास गरियो । नेपाल महिला संघको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लाका नेपाल महिला संघको कार्यालयमा संघको झण्डा आधा झुकाउने र शोक प्रस्तिका राख्ने निर्णय भयो । सोही बमोजिम प्रत्येक नेपाल महिला संघका प्रत्येक जिल्ला सभापति ज्यू विज्ञाप्ती तयार गरी विज्ञाप्ती मार्फत खबर गर्ने निर्णय भयो र उहाँको १३ पुण्य तिथि असार ३ गते पर्ने भएको हुदाँ असार ३ गते दिनको २ बजे केन्द्रीय कार्यसमीति र ७७ वटै जिल्ला सभापतिहरुको जुम मार्फत भेला भई शोक सभासमेत मनाउने निर्णय गरेका छौ ।
तर तिमिलाई हामीले यसो गरिरहेका छौ भन्ने कुरा के थाहा ? तिमी विरामी हुदाँ अस्पतालको बेडमा कति छट्पटायौ होला ? कति दुख्यो होला तिम्रो शरिरमा, अक्सिजन कसरी कोल्याप्स भयो यो सम्झेर कति पिडा हुन्छ साथी । त्यसैले जति विर्सन खोज्यो उति आखाँको नानी बनेर अगाडी आउँछौ त्यसैले तिम्रो सम्झनामा के लेखु–लेखु जस्तो लाग्यो । मैले भनेको तिम्रो महेशहलाई नरुनु भनेर, मैले भनेको तिम्रा ति नामाका मुना जस्ता छोरा र बुहारीहरुलाई नरुनु भनेर तर मेरो मन किन–किन मानिरहेको छैन मेरो आखाँ आज ४ दिन भैसक्यो ओभानो छैन । मैले मेरो सहृदय साथी गुमाए अक्षभ्य रुपमा भगवानलाई क्षमा छैन भन्दै बलिन्द्र धारा आसु खसाल्दै तिम्रो आत्माको गोलोक बास होस, तिमिलाई चिरशान्तिको हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तिम्रा शोकाकुल परिवार जन तिम्रो जिन्दगीको साहारा तिम्रो पतिदेव महेश , छोराहरु र बुहारीहरुमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना व्यक्तगर्दछु ।
तिम्रो सम्झना मात्र केवल तिम्रो सम्झना ।