पोखरेली ट्याक्सी सेवा प्रालि ले आफ्ना ब्यवसायिहरुलाई दुई महिनाको मासिक शुल्क मिनाहा गर्ने

 

२०७७/०१/२६ कास्की

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिस १९) का कारण उत्पन्न भएका कठिन परिस्थिति लाई नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको छ। लामो समय सम्म लकडाउन भइरहेको कारण ट्याक्सी ब्यवसायी हरु अत्यन्त मर्कामा परेका छन। ट्याक्सी ब्यवसायिहरुको समस्या लाई मध्यनजर गर्दै पोखरेलि ट्याक्सि सेवा प्रा.लि ले आफ्ना ब्यवसायी हरु लाई २ महिनाको मासिक शुल्क मिनाहा गरेको छ।लकडाउनले प्रभावित गरेको कारण चैत्र र बैशाख महिना भरिको लागि यो छुट गरिएको हो।

करिब १६ सय ट्याक्सी ब्यवसायिले ले माशिक रुपमा तिर्दै आएको महिनाको रु १००० (एक हजार) का दरले दुई महिनाको ३२ लाख रुपैँया छुट गर्ने उक्त कम्पनिका अध्यक्ष प्रकाश मणि तिवारिले सुचना प्रकाशित गरेका छन।

साथै आफ्नो सवारी साधन लाई सम्भब भए सम्म दैनिक रुपमा स्टार्ट गरि अगाडि पछाडी गर्ने , सवारिको हेन ब्रेक नलगाउने र सरकारले गरेको लकडाउनको पुर्ण पालना गरि सवारिलाई सुरक्षित राख्न पनि अनुरोध गरेको लखन चोक ट्याक्सी सेवा केन्द्रका सचिब जित परियार ले जानकारी दिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button