आँबुखैरेनीमा आज देखि आलु मेला हुने

दमौली खबर संवाददाता

दमौली, फागुन २६

आँबुखैरेनी गाउँपालिकाले आज देखि तीन दिने ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ गर्ने भएको । मेला आँबुखैरेनी गाउँपालिका–३ हाटबजारमा गरिने गाउँपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री बितरण गरिने हाटबजार व्यवस्थापक समितिका संयोजक सन्तोष केसीले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा पर्ने सत्रसय र बरादीलाई तरकारी पकेट क्षेत्रको रुपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ्ग र सालाखाला गरी बिक्री गरिनेछ ।

साथै आलुबाट बनेका परिकार आलु पकौडा,आलु चप,चटपट लगायतका विभिन्न परिकार राखिनेछ केसीले जानकारी दिनुभयो । कृषकलाई निशुल्क रुपमा स्टल राख्न व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो । कृषि उत्पादनको बजार प्रवद्धन गर्ने मूख्य उद्धेश्य मेला आयोजना गरिएको शर्मा बताउनुहुन्छ ।

आँबुखैरेनी गाउँपालिका मातहत रहेका छ वटै वडा, टोल विकास संस्था,आमा समुह,सहकारी संस्था, शिक्षक, कलाकार,क्लब,नागरिक समाज लगायतका विभिन्न संघसंस्थालाई पत्रचार गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button