कांग्रेस नेता जोशीद्धारा तनहुँका कोरोना संक्रमित ब्यक्ति संग फोन संवाद

राजेन्द्र परियार

जेठ २६ दमौली

नेपाली कांग्रेसका नेता तथा पुर्व सह महा गोविन्दराज जोशीले तनहुँका कोरोना संक्रमित ब्यक्ति संग टेलिफोन गरि स्वास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । । भारतबाट आएका ब्यक्तिहरुको पि.सि.आर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भए लगतै उनिहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जि.पि कोइरला उपचार केन्द्रको आइसोलेशन कक्षामा राखिएको छ । नेता जोशीले आज संक्रमित मध्य एकलाई टेलिफोन सम्पर्क गरेर तिनै जनाको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका हुन् । बिरामी अनुसार अहिले उनीहरुको अवस्था सामान्य रहेको बताएका हुन् । जोशीले टेलिफोन मार्फत बरामीहरुलाई समय समय डाक्टरले बताए अनुसारका अ‍ैषधी सेवन गर्न, आफ्नो स्वास्थ्यको ख्याल गर्न सल्लाह दिदै शिध्र स्वास्थ्य लाभको कामना गरेका छन् । हाल जि.पि कोइरला उपचार केन्द्रमा ३ जना संक्रमितलाई राखिएको छ भने जिल्लाको बिभिन्न निजि तथा सरकारी बिद्यालय तथा क्यामपसहरुमा क्वारेन्टाईन बनाई भारतबाट फर्केका ब्यक्तिहरुलाई राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button