क्वारेन्टाईनमा बसेकालाई देवघाट युवा तथा खेलकुद समिति द्धारा सहयोग

दमौली खबर सम्वाददाता,

जेठ २६, दमौली ,तनहूँको देवघाट गाउँपालिकाले वडा नम्बर ५ को क्युँदी स्थित कालिका मा.वि.मा निर्माण गरेको क्वारेन्टाइनमा देवघाट युवा तथा खेलकुद समितिले सेनेटाइजर,माक्स र खाने पानी सहयोग गरेको छ।

विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सामाजिक उत्तरदायित्वलाई मध्य नजर राख्दै देवघाट युवा तथा खेलकुद समितिले सेनेटाइजर,माक्स र खाने पानी क्वारेन्टाइनमा खतिनु भएका देवघाट गाउँपालिका स्वास्थ साखाका कर्मचारी (एच ए) बिष्णु कमलिलाई कार्यक्रमको प्रमुख अतिथि देवघाट वडा नम्बर ५ क वडा सदस्य भोजराज नैनवस्ती र देवघाट युवा तथा खेलकुद समितीका अध्यक्ष सुकलाल गुरुङले सहयोग हस्तान्तरण गरिएको थियो।

सो कार्यक्रमको प्रमुख अतिथि देवघाट वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्तीले देवघाट युवा तथा खेलकुद समितिले सामाजिक उत्तरदायित्वलाई बहन गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो। साथै आगामी दिनहरूमा पनि खेलकुद बिकास क्षेत्रमा मात्र सिमित नभई यसैगरी सामाजिक बिकास क्षेत्रमा पनि अगाडी बढ्न आग्रह गर्नुभएको थियो।

क्वारेन्टाइनमा ५० जना सम्मको क्षमता रहेको छ भने अहिले क्वारेन्टाइनमा २८ जना रहेका छन् उनीहरु सबै भारतबाट आएका हुन् ।अझै नागरिकहरु थपिने क्रम जारी रहेको र सोही अनुसार व्यवस्थापन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार बुढाथोकीले बताउनु भएको थियो । क्वारेन्टाइनमा बस्ने सबैलाई गाउँपालिकाको क्षमता अनुसारको व्यवस्थापन गरिएको बुढाथोकीले बताए । एउटा कोठामा ४ जनाको दरले राखिएको र सबैलाई सुत्ने खाटको व्यवस्था गरिएको छ । एक जनाकोलागि दैनिक ३५० रुपैयाँसम्मको खाना र खाजाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभएको थियो ।
क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक स्वास्थ्य परिक्षण हुने धर्मार्थ अस्पताल देवघाटका प्रमुख हेमनाथ कडेंलले बताउनु भएको थियो । त्यसकोलागि ३ जना स्वास्थ्यकर्मी पालैपालो खटिएका छन् भने चौबिसै घन्टा सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button