भट्टराईको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय दमौलीमा उद्घाटन

दमौली खबर संवाददाता

दमौली, चैत २२

लोकतान्त्रिक बाम गठबन्धनबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि गोविन्द भट्टराईको निर्वाचन चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

व्यास नगरपालिका ३ निमचोकमा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । नेपाली कांग्रेस व्यास नगर समितिको आयोजनामा भएको उक्त कार्यालयको कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईले रिबन काटेर उद्घाटन गर्नुभयो । सो अवसरमा उम्मेदवार भट्टराईले जिल्लाको विकासको स्थायित्वका लागि आफुलाई विजयी बनाउनुपर्ने बताउनुभयो । विकासको काम आफु पदमा नहुँदा पनि गर्दै आएको प्रतिनिधिसभा सदस्य बनाएको खण्डमा यसलाई निरन्तरता दिन सहज हुने भट्टराईले बताउनुभयो । तनहुँ जिल्लाले नेता र नेतृत्व जन्माउने हिसाबले कांग्रेस मात्रै देखिएको अन्य पार्टीले भने बाहिरबाट नेता ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । विना राजनीतिक योगदान अन्य पार्टीका उम्मेदवारहरु आएकोले सचेत भएर मत दिन मतदाता नेता तथा कार्यकर्तालाई भट्टराईको आग्रह थियो । नेपाली कांग्रेस व्यास नगर सभापति सुर्यचन्द्र हडखलेको त्यागी नेता भट्टराईलाई विजयी गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा व्यास नगर उपसभापति शोभा बढु, सचिव सुरेश पुरी लगायतले विकास प्रेमी नेता गोविन्द भट्टराई जिताउन उहाँले जिल्लावासीको विकास र पाटीमा पु¥याएको योगदान प्रचार प्रचारमा जुट्न पर्नेमा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button