जन्म दिनमा विद्यार्थीलाई जुत्ता र शैक्षिक सामाग्री
रोट्रयाक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई जुत्ता, मोजा र शैक्षिक सामाग्री सहयोग गरेको छ ।क्लबले आइतबार व्यास ११ सेरा स्थित वसन्त आधारभुत विद्यालयमा उक्त सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी दिए ।
क्लबले २१ जोर जुत्ता मोजा र शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेको हो । क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठको जन्मदिनको अवसरमा श्रेष्ठ र क्लबले संयुक्त रुपमा उक्त सामाग्री विद्यार्थीलाई सहयोग गरेको हो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि व्यास ११ का वडाअध्यक्ष निर बहादुर खड्का रहेका थिए । सो अवसरमा प्रमुख अतिथि वडाअध्यक्ष खड्काले जन्मदिनमा होटलमा एकछिनको रमाइलो भन्दा सामाजिक तथा शैक्षिक क्षेत्रमा यस्तै खाले सहयोग गर्नुपर्ने बताए । उंनले भने “निम्न आए भएका व्यक्तिलाई सहयोग गर्नु नै मानविय धर्म हो ।“ त्यस्तै क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बालबालिका भोलिका कर्णदार भएकाले शैक्षिक सहयोगले टेवा पुग्ने बताए ।
समाजमा आवश्यक परेका बेला रोट्रयाक्ट सदैव साथ रहने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खनाल, विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझा लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन क्लबका सहसचिव किरण श्रेष्ठले गरेका थिए । त्यस्तै स्वागत क्लबका कम्युनिटि सर्भिस डिरेक्टर श्रीराम गन्धर्व र धन्यवाद क्लबका डिरेक्टर चियर विशाल श्रेष्ठले गरेका थिए ।