विद्युतिय क्षेत्रमा सुधारको खाँचो

विद्युत मानविय आधारभुत आवश्यकता परिपुरकहरु मध्येको एक महत्वपूर्ण अंग हो । मानव जीवन आधुनिकता तर्फ बढे सँगै  हरेक प्रविधिको प्रयोग र उपभोगका लागी स्थान विशेष विद्युतको आवश्यक पर्ने गर्दछ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व लिए सँगै विद्युतिय परिपूर्ति तथा आर्थिक स्तोरन्नती  तिव्र रुपमा भएको देख्न पाईन्छ । दिनहुँ जसो हुने घन्टौको लोडसेटिङको समाप्ती भएको छ । तर विद्युतिय क्षेत्र विस्तार लगायतका क्षेत्रहरुमा सुधारको आवश्यकता देखिएको छ ।

प्राधिकरणले विद्युत विस्तार गर्दा राखेका काठका पोलहरु  पुराना र जीर्ण भई  दुर्घटना हुन सक्ने जोखिम बढेको छ । बर्षौ पुराना काठका पोलहरु धमिरा तथा पानीको प्रभावका कारण खिईदै जाने गरेको र पोलहरुको विशेष समय अवधी परिक्षण  तथा फेरबदलमा क्रियाशिलता  नदेखिएको छ । पोल फेर बदलका लागी पुर्ण रुपमा ढल्नु पर्ने वा विद्युत अवरोध हुनुपर्ने  अवस्था सिर्जना हुनुपर्ने देखिएको छ  । लाईन विस्तार भए सँगै पोल वरपरका रुख बिरुवा समय समयमा नकाटिनाले विभिन्न मानविय क्षेति सम्बन्धि अप्रिय घटनाहरु हुने गरेको पाईन्छ । विद्युत मानविय आवश्यकता मात्र नभई हानि नोक्सानी पु¥याउने घाटक तत्व पनी हो । लाईन विस्तार गर्दा सुरुवातका समयमा अधिकांश  स्थानहरुमा काठको पोलका प्रयोग गरिएको  देख्न पाईन्छ ।

जुन छोटो समय पछि कमजोर हुने भएकाले थप जोखिमहरु बढेको हो की ? विद्युतिय विस्तारमा दिर्घकालीन समय सम्मका लागी सुरुमा नै फलामे पोलहरु राखिएको खण्डमा प्राधिकरणले केही हँद सम्म आलोचना खेप्नु पर्दैन थियो की ? तसर्थ विद्युतिय सेवा प्रादायकहरुले दिर्घकालका लागी  सेवालाई नकारात्मक प्रभाव नपार्ने हिसाबले अघि बदनु जरुरी देखिन्छ । यदी समयमा नै चेक जाँच गरी विस्तारमा देखिएका कमी कमजोरीहरुलाई सुल्झाउन सबै वितरण केन्द्रका प्रतिनिधि तथा कर्मचारी लागेको खण्डमा  विद्युत प्राधिकरणमा थुपै्र कुलमानहरुको जन्म हुने थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button