पोषण प्रोत्साहन भक्ता वितरण सकरात्कम कार्य

आजका बालबालिका भोलीका कर्णधार हुन् । भोलीको नेपाल हाक्ने आजको बालकले नै हो । बालक निरोगी भयो भने देश हाक्न सक्छ । बालक निरोगी भई जन्मन र हुर्कनको लागि आमा पनि निरोगी हुनु पर्छ । आमा र शिशुको स्वास्थ्य सुरक्षागर्न तथा घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्न तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम प्रदान गरिरहेको छ । यसले गर्दा भविश्यमा निरोगी मनिस बनाउन टेवा पुग्दछ ।

आफ्नो नगर क्षेत्रभित्र कुपोषण मुक्त बालबालिकाको विकास गर्न र मातृ मृत्युदर घटाउन पोषण रकमले हौंसला प्रदान गर्दछ । गर्भवती महिलाहरुलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने मूख्य उद्धेश्य भएको बताइएको छ । यो उद्धेश्य र कार्य उत्कृट छ । नगरस्वस्थ्य वच्चा जन्मन आमा निरोगी आवश्यक हुने गर्भवती चरण देखि नै महिला कमजोर हुनेहुँदा महिलालाई पोषिलो खानाको आवश्यक भएकोले पोषण भत्ताले मद्धत पुग्ने देखिन्छ । गर्भवती महिला पोषण कार्यक्रम (महिलासँग उपप्रमुख ) अन्तर्गत चालु आर्थिक वर्षको लागि १० लाख रुपियाँ विनियोजित गरि कार्यान्वयनमा ल्याईएको छ । नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य सस्थाबाट कम्तिमा ३ पटक (४, ६ र ८ महिना) जाँच गरेको गर्भवती महिलालाई ८ महिनाको गर्भ भएपछि पाँच हजार रुपियाँ प्रदान गरिने कार्य सकरात्मक छ । यस्तो सिको अन्य पालिकाले पनि गर्न उपयुक्त देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button