कौडा खेलिरहेका१४ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दीपुर गाउँपालिका १ छापबाट कौडा खेलिरहेका १४ जनालाई बुधबार पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरीले स्थानीय रविन पौडेलको खाली घरमा कौडा खेलिरहेका १४ जनाको साथबाट ५५ हजार ६०५ नगद सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार पक्राउ पर्नेमा भिमसेन भन्ने रोल बहादुर सुनार, भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास विक, रवि कपाली, महेश कपाली र मनिष थापा रहेका छन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button