तनहुँमा लकडाउनको बेला घरेलु हिंसामा कमी

तनहुँमा घरेलु हिंसा घटना दर्ता लकडाउनको समयमा कमि आएको छ । लकडाउनको ९४ औं दिनको अवधीमा जिल्ला भर १० वटा घरेलु हिंसाका घटना जिल्ला प्रहरी कार्यलय तनहुँ महिला तथा बालबलिका जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता भएको केन्द्रको प्रमुख प्रहरी निरिक्षक सबिता केसी बताउछिन् ।

प्रमुख केसीका अनुसार अनुसार चैत देखी यता १० वटा मात्रै घटना दर्ता भएका छन् । दर्ता भएका घटनाहरुमध्ये तिनवटा घटनालाई दुबै पक्षको सहमतीमा मिलापत्र गरिएको छ । उनको अनुसार बाँकी रहेका ७ वटा घटनाको अनुसंन्धान जारी रहेको छ ।

लकडाउनको अवधीमा भएका महिला हिंसाका घटनाहरुमा शाररिक यातना तथा कुटपटि , मानसिक यातना ,आर्थिक यातना, श्रीमान पिडित र श्रीमती परपुरुष संग हिडेको र स्थानिय घर झगडाको घटना जिल्ला प्रहरी कार्यलय तनहुँ महिला तथा बालबलिका जेष्ठ नागरिक सेवा केन्द्रको तथ्याङकमा उल्लेख रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७५ ÷ ०७६ मा घरेलु हिंसा अन्र्तगत १ सय ९७ वटा उजुरी दर्ता भएका थिए । जस मध्य १५३ उजुरी मिलापत्र गरि पठाइएको ३७ उजुरी अदालतमा पठाइएको र ७ वटा उजुरी फाइनल हुन् बाकी रहेको महिला शेलकी हवलदार सुजता कार्कीले बताइन्

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button