कांग्रेसको सही ढंगले हिड्न सकेको छैन ः नेता जोशीको

दमौली खबर संवाददाता

दमौली, फागुन ९

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस सही ढंगबाट हिड्न नसकेको बताउनु भएको छ । गलत बाटोबाट हिडिरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था सृजना हुन लागेको जोशीले बताउनुभयो । विपी विचार समाज तनहुँले मंगलबार दमौलीमा गरेको भेलालाई सम्बोधन गर्दै जोशीले सो कुरा बताउनु भएको हो । कम्युनिष्टहरुले शक्तिको बाडफाँड गरेर पार्टी एकताको लागि अघि बढीरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था आउने नेता जोशीले बताउनुभयो । सबै कम्युनिष्ट पार्टीलाई एक बनाई कांग्रेसलाई कमजोर बनाउने खेल भईरहेको कांग्रेस कमजोर हुने अवस्था आएको नेता जोशीले बताउनुभयो । रणनीति र कुटनीति विना पार्टी चल्न नसक्ने उल्लेख गर्दै नेता जोशीले हालको नेतृत्वले समय र परिस्थिती अनुसार चल्न नसकेकोले कमजोर बन्दै गएको बताउनुभयो । रणनीति र कुटनीतिमा सफल भएको भए कांग्रेस सरकार हुने थियो त्यस्तै गरी राष्ट्रपति निर्वाचनमा पनि असफल हुने दिशामा कांग्रेस अघि बढेको जोशीले बताउनुभयो । पार्टी भित्र एक्लो निर्णय गर्ने प्रवृति बढेकाले यसले हित नगरेको उहाँको भनाई थियो । सामुहिक निर्णयबाट अघि बढ्दा संगठन बलियो हुने नेता जोशीले बताउनुभयो । ‘‘कांग्रेस हुँ भन्दा पनि लालमर्दो अवस्था आएको छ रणनीति र कुटनीतिमा कमजोर भएकोले गर्दा भएको हो’’ नेता जोशीले भन्नुभयो ।

समय महत्वपूर्ण नभई नीति महत्वपूर्ण हुने नेता जोशीले बताउनुभयो । विपी कोइराला १८ महिना प्रधानमन्त्री हुँदा स्वदेश मात्रै नभई विदेशी नेताहरुले उहाँको कार्यको प्रशंशा गरेको नेता जोशीले उदाहरण प्रस्तुत गर्नुभयो । नेता जोशीले मिलाउन नसक्ने, संगठन गर्न नसकेकोले जिल्ला र प्रदेश कमजोर बनाउने नेताले देशको नेतृत्व गर्न नसक्ने नेता जोशीले आरोप लगाउनुभयो । ‘जिल्लामा मिलाउन नसक्नेले देशलाई सबैलाई समेटर लैजान सक्दैन’ नेता जोशीले भन्नुभयो ।

साथै नेता जोशीले हात्तीले आफ्नो तागत थाहा नपाए जस्तो हुन नहुने बताउनुभयो । आफ्ना कार्यकर्तासँग ठुलो तागत भएको उल्लेख गर्दै नेता जोशीले आफूले १० जनालाई लिएर संगठन गरेर तनहुँलाई कांग्रेसको किल्ला बनाएको स्मरण गर्दै कार्यकर्तालाई संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो । तनहुँका नेताले स्मरण गर्न योग्य काम गर्न नसकेकोले तनहुँमा कांग्रेस कमजोर भएको नेता जोशीले बताउनुभयो । अहिले राष्ट्रिय राजनीतिमा तनहुँले प्रभाव पार्न नसकेको जोशीले बताउनुभयो । जिल्लाको प्रभाव कम हुँदा तनहुँ प्राथमिकतामा ३० औं नम्बर परेको नेता जोशीको भनाई थियो । पेस्तोल भन्दा कलम बलियो हुन्छ भनेर विपी भनेको जोशीले बताउनुभयो । विपीसँग बम तथा पेस्तोल माग्न जाँदा गाउँमा गएर पठाउ भनेर भनेको जोशीले उदाहरण प्रस्तुत गर्नुभयो । विपक्षीले भनेको जति सुकै राम्रो कुरा पनि के नोक्सान हुन्छ भनेर सोच्नु पर्ने र आफ्नो मान्छेले जतिसुकै नराम्रो कुरा भने पनि त्यसबाट के फाइदा हुन्छ भन्ने कुरा सोच्नु आवश्यक रहेको नेता जाशीको भनाई रहेको थियो । आर्थिक मन्दीले देश धराशायी भएको उल्लेख गर्दै नेता जोशीले नेपालमा पोखरा विमानस्थल लगायतको घाटामा जाने अवस्था आएको बताउनुभयो । दुरदर्शी नेताको कमीले गर्दा ऋण लिएर काम गर्दा आर्थिक संकट आएको जोशीको भनाई थियो ।

कार्यक्रममा विपी विचार समाजका केन्द्रीय सदस्य शुुकुमलाल गुरुङले नेता जोशीले आफ्ना कार्यकर्ताको संरक्षण गर्दै आएको र दुःखको बेला सहयोग गर्नेलाई झन् ध्यान दिएर मद्धत गर्नु पर्ने बेला आएको बताउनुभयो । समाजका गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशी समुहले आफ्नो पहिचान कायम राख्न सफल भएको उल्लेख गर्दै विचलित नभईकन एकले अर्कोलाई सहयोग गरेर निर्धक्कका साथ गन्तव्यमा पुग्नु पर्ने बताउनुभयो ।

कार्यक्रम विपी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । सो अवसरमा समाजका सल्लाहकारहरु ऋषिराम पोख्रेल, डा.विद्युत केशरी न्यौपाने, युवा नेता दीपकराज जोशी, समाजका उपसभापति रेशमलाल गुरुङ, सदस्यहरु रघुबहादुर केसी, रामदेव पन्थ, ईन्जिनियर दीर्घबहादुर थापा, केशमाया गुरुङ केसु, दिलमाया गुरुङ, समाजका व्यास नगर सचिव कृष्णप्रसाद सोती लगायतले व्यक्तिगत स्वार्थमा कांग्रेसका नेताहरु लागेकाले नेता जोशीको नेतृत्वमा रहेका कार्यकर्ताहरु नै शुद्ध र चोखो कांग्रेस भएको महशुस भएको उल्लेख गर्दै यही समुहले नै देश, राष्ट्र र समाजको चिन्ता लिएकोले निर्भिक तरिकाले अघि बढ्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button