गीत
वेद्कुमारी न्यौपाने
ढुंगा हुँदाे रैछ मुटु धेरै चाेट लागे पछि
जम्दाे रैछ अाँसु पनि बग्दा बग्दै थाके पछि
सीमा हुँदाे रैछ सायद दुख्ने पनि रुने पनि
छट्पटिंदै पिराेलिंदै मन दुखी हुने पनि
कहाँ कति दुख्यो भन्नु जिन्दगी नै दुखे पछि
न त पीडा न त खुसी हृदय नै सुके पछि
रुँदैनन् यी आँखा अब छाेड्याे मन दुख्न पनि
चस्किंदैन छाति अब छाेड्याे पीडा हुन पनि
ढुंगा हुँदाे रैछ मुटु धेरै चाेट लागे पछि
जम्दाे रैछ अाँसु पनि बग्दा बग्दै थाके पछि
-गोरखा, हाल:अमेरिका