पचास लाखको रक्तसञ्चार अक्षयकोषको लागि पालिकाहरुद्धारा सहयोग गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता

दमौली चैत्र १५

रेडक्रस तनहुँले रक्त सञ्चार केन्द्र दिर्घकालिन रुपमा सञ्चालन गर्नको लागि ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षय कोषको लागि जिल्लाका १० वटै पालिकाले मद्धत गर्ने पालिकाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

रेडक्रस तनहुँले सदरमुकाम दमौली अस्पतालमा सञ्चालन गरिरहेको रक्तसंचार केन्द्रलाई दीर्घकालिन रुपमा सञ्चालन एवम् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । रेडक्रस तनहुँको आग्रहमा जिल्ला समन्वय समितिले मंगलबार दमौलीमा गरेको सबैपालिकाको भेलामा सो प्रतिबद्धता व्यक्त गरिएको हो । ति पालिकाहरु ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने कार्यमा सहमत भएका हुन । नगरपालिका र गाउँपालिकाका प्रमुख सम्मिलित उक्त कार्यक्रममो अक्षयकोष स्थापनाका लागि प्रतिबद्धता जाहेर गरेका हुन । ति पालिकाहरुले आफनो अवस्था हेरेर रकम उपलब्ध गराउनेछन । रेडक्रस तनहुँको सक्रियतामा २०७२ मंसिर १२ गते दमौली अस्पतालमा रक्तसंचार केन्द्रको स्थापना भएको थियो ।

रेडक्रस तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले दमौली अस्पतालमा संचालनमा रहेको रक्तसंचार केन्द्रलाई निरन्तरता दिन पालिकाहरुले सहयोग पु¥याउनुपर्ने प्रस्ताव सहितको अवधारणापत्र सार्वजनिक गरेपछि पालिकाका प्रमुखहरु त्यसमा सहमत भएका हुन । प्रा.डा. गौतमले उक्त रक्तसंचार केन्द्रमा रगतको कमी हुन नदिन र संकलित रकम आवश्यक पर्ने व्यक्तिलाई उपलब्ध गराउन अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । तनहुँ, लमजुङ र गोरखाका गरिब तथा विपन्न वर्गका व्यक्तिहरु बढी मात्रामा उपचारमा आउने दमौली अस्पतालमा संचालनमा रहेको डाइलासिस, गर्भवती महिला, अन्य रगतको अभावमा छटपटाइ रहेका बिरामीहरुलाई सो रक्तसंचार केन्द्रले राहत पुग्ने हुँदा अक्षयकोष स्थापना गर्न लागिएको रेडक्रस तनहुँका मन्त्री सूर्यचन्द्र हडखलेले जानकारी दिनुभयो । रेडक्रस तनहुँका वरिष्ठ शाखा अधिकृत शिवकाजी पियाले रेडक्रसका सभापति डा. गौतमको अध्यक्षतामा १५ सदस्यीय समितिले रक्तसंचार केन्द्रको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । सो समितिमा रेडक्रसका ३, जिल्ला प्रशासन, सशस्त्र प्रहरी र जनपथ प्रहरी, दमौली अस्पताल, निजी अस्पताल, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिबाट १÷१ जना प्रतिनिधि रहनेछन । सोही समितिमा चन्दादाताबाट १ महिला सहित २ जना, रक्तदाताबाट २ जना गरी १५ जनाको समिति रहने बताइएको छ । रक्तसंचार केन्द्रमा रहने प्राविधिकहरुले आवश्यक माग अनुसारको रगत डाक्टरको सिफारिसको आधारमा उपलब्ध गराउने वरिष्ठ अधिकृत पियाले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पृथ्वीराजमार्ग तथा सहायक मार्गहरुमा दुर्घटना भईरहने र रक्तसञ्चार केन्द्र दिर्घकालिन रुपमा सञ्चालनमा ल्याउन उपयुक्त हुने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले रक्तसंचार केन्द्रलाई निरन्तरता दिन अक्षयकोषले सहयोग पुग्ने बताउनुभयो । व्यवस्थित रुपमा केन्द्र सञ्चालनमा आएपछि रगत खोज्दै विरामी तथा विरामीका आफन्त टाढा टाढा धाउनु पर्ने बाध्यता हुने अपेक्षा लिर्ईएको छ । अक्षयकोषको लागि तनहुँबाट संघ तथा प्रदेश सभा सदस्यले पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button