ब्राह्मण समाज नेपाल वडा कार्यसमिति गठन

दमौली खबर संवाददाता

दमौली, फागुन १४

ब्राह्मण समाज नेपालले तनहुँ शाखाले वडा स्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ । विस्तार गर्ने क्रममा व्यास नगरपालिकाको वडा नम्बर १० मा वडा कार्य समिति गठन गरेको छ । ब्राह्मण समाज नेपाल वडा अधिवेशन संयोजक ऋषिराम ढुंगानाको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्यक्रम ब्राह्मण समाज नेपाल केन्द्रीय सम्पादन समिति सदस्य डा. लक्ष्मीकान्त चापागाईको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ब्राह्मण समाज नेपाल केन्द्रीय सदस्य उपेन्द्र लम्साल, तनहुँ जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास १० वडा अध्यक्ष खेमराज पोखरेल, निवर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटा, वडा सदस्यहरु यज्ञप्रसाद शर्मा, ईश्वर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि चापागाईले ब्राह्मणहरुले आफ्ना बानी, व्यवहार, आचरण लाई शुद्धीकरण गर्दै संगठित भएर लाग्नुपर्ने अवस्था आएकाले सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो । राज्यले ब्राह्मणहरूलाई सकाएर जातिगत झुण्डहरु सिर्जना गर्न खोजेको भन्दै यस्ता कार्यहरु रोक्नका लागि ब्राह्मण समाज नेपाल स्थापना भएको समेत चापागाईको भनाई थियो।

केन्द्रीय सदस्य उपेन्द्र लम्सालले शिक्षाले मात्रै व्यक्तिमा परिवर्तन नआउने भन्दै धर्म, संस्कृति, संस्कार र शिक्षाको संयोजनले मात्रै व्यक्तिहरूको विकास हुने भएकाले चारओटै कुराहरुलाई एकैसाथ लानका लागि सबैमा आग्रह गरेका थिए। जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले राज्यले ब्राह्मणलाई अन्यमा राख्ने हर्कत गरेकाले अब ब्राह्मणहरू पनि एकजुट भएर आफ्नो पहिचान खोज्नु पर्ने बेला आएको भन्दै संगठन विस्तार गरी आफ्ना हकअधिकारका लागि आफै अगाडि बढ्नका लागि सबैमा आग्रह गर्नु भएको थियो ।

अधिवेशनले वडा नम्बर १० को कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ब्राह्मण समाज नेपाल व्यास १० कार्यसमितिको अध्यक्षमा भूमिलाल ढकाल रहेका छन् । त्यसैगरी उपाध्यक्षमा प्रजापति सापकोटा, सचिवमा दिननाथ पौडेल, कोषाध्यक्षमा अम्बिका ढुङ्गाना, सहसचिवमा सूर्यप्रसाद आचार्य, सदस्यहरु तुलसीराम सुबेदी, वसन्तराज होती, देवी प्रसाद भुसाल, कृष्णप्रसाद पौडेल (सेवर), कृष्णप्रसाद पौडेल (दुम्सी), गौरीकान्त शर्मा र भिम प्रसाद ढकाल रहेका छन् । त्यसैगरी नगर प्रतिनिधिहरुमा ऋषिराम ढुंगाना, विष्णु प्रसाद नेपाल, रूकादेवी घिमिरे, दयाराम शर्मा र बिष्णु प्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । उक्त भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ, जसअनुसार तुलसीराम सापकोटा, प्रेमराज मिश्र, केशवराज आचार्य, हरिभक्त अधिकारी र रामचन्द्र अधिकारी रहेको निर्वाचन समितिका संयोजक यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो

अधिवेशन सम्पन्न गर्न यज्ञप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन सहजीकरण समिति गठन भएको थियो । जसमा जिल्ला सदस्य लक्ष्मी घिमिरे र श्रीकृष्ण आचार्य सदस्य हुनुहुन्थ्यो । अन्य वडाहरुमा पनि अधिवेशन गरिएको समाजका जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button