व्यास नगरपालिकाद्धारा विभिन्न समिति गठन नारी दिवसमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गरिने

दमौली खबर संवाददाता

दमौली, फागुन ९

व्यास नगरपालिकाले सल्लाहकार लगायतका विभिन्न समिति गठन गरेको छ । नगर प्रमुख वैकुष्ठ न्यौपानको अध्यक्षमा बसेको कार्यपालिकाको वैठकले समिति गठन गरिएको हो ।

सल्लाहकारहरुमा हरिसिंह गुरुङ, मोहन कुमार विश्वकर्मा, पुष्परमण वाग्ले, सुर्यनारायण श्रेष्ठ, रघुराज काफ्ले, डा.शेषरमण न्यौपाने , उषा पोख्रेल, तिलु थापा, राजेन्द्र अधिकारी, थमबहादुर दरै रहनु भएको छ । सल्लाहकार समितिको बैठकमा नगरपालिकाबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेशका सदस्यहरु रामचन्द्र पौडेल, शंकर भण्डारी, हरिबहादुर चुमान,अशोक कुमार श्रेष्ठ र श्यामराजा महतलाई विशेष आमन्त्रण गर्ने वैठकले निर्णय गरेको छ ।

यसैगरी पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरुको परामर्श समिति गठन गर्ने निर्णय भएको छ । जसको संयोजकमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेल सदस्यहरुमा संविधान सभा सदस्य ध्रुव वाग्ले, निवर्तमा प्रदेश सांसदहरु,जि.स.स प्रमुख,पुर्व नगर प्रमुख र उप–प्रमुखहरु, निवर्तमान नगरपालिकाबाट प्रतिनिधित्व गर्ने प्रमुख÷उप–प्रमुख÷सदस्यहरु, निवर्तमान वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु रहेका छन् ।

यसैगरी व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार नगर खेलकुद समिति गठन गरिएको छ । यसको अध्यक्षमा सुरेश थापा हुनुहुन्छ । उपाध्यक्ष सुशिला दुरा हुनुहुन्छ । सदस्यहरुमा जीवन गुरुङ, सुरेश वाग्ले, कमला वि.क,कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोकबहादुर थापा, मदन वाग्ले, शरण घर्ती, सदस्य – नगर शिक्षा शाखा प्रमुख र सदस्य सचिव – श्री नविन पराजुली अधिकृत सातौं(शिक्षा) रहनु भएको छ ।

यस्तै वडा नं ८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानून बमोजिम अधीग्रहण प्रकृया अघि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको छ । यसैगरी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन व्यास गुफा देखी तनहुँसूर सम्म महिला हाफ खुल्ला म्याराथन गर्न उप–प्रमुख श्री इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । व्यास नगरपालिकाद्वारा निर्माण गर्न लागिएको बहुउदेश्यीय भवनको भौतिक एवं आर्थिक लाभ लगातको विस्तृत प्रतिवेदन पुर्वाधार विकास शाखाद्वारा प्रस्तुतिकरण भई जानकारी लिईएको छ । सहकारी संस्था अनुदान वितरण कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button