विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासा

दमौली खबर संवाददाता

दमौली, चैत २ गते

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बुधवार दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासो गरेका छन् । कार्यक्रममा सहभागीहरुले उपभोक्ताहरु पाइलैपिच्छे ठगिएको मारमा परेको सम्बन्धित निकायले व्यवास्था गरेको बताएका थिए ।

संविधानमानै व्यवस्था भएको अधिकारको प्रयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जोड दिनुभयो । नेपालको अधिराज्यको संविधानले प्रत्येक उपभोक्ताको स्वास्थ्य खाद्यन्न लगायतको उपभोगमा व्यवस्था भएतापनि सहि रुपमा उक्त अधिकारको प्रयोग हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय तनहुँका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी, कालीभञ्जन गणका सेनानी उज्ज्वल थापा, उपभोक्ता मञ्चका रविन पौडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधि, निर्माण व्यावसायी संघ उद्योग वाणिज्य संघ लगायत पत्रकारहरु लगायतले उपभोक्ताहरुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button