गण्डकी प्रदेशको प्रवेशद्धारामा हेल्प डेस्क

दमौली खबर सम्बाददाता
चैत ३ , दमौली । तनहँुको आँबुखैरेनी गाँउपालिकाले कोरोना भाइरसको विरुद्धमा सचेतना मुलकको लागि गण्डकी प्रदेश प्रवेश गर्ने प्रवेशद्धारा हेल्प डेस्क स्थापना गरेको छ ।
कोरोना भाइरस बाट बच्नको लागि आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरि हेल्प डेस्क राखिएको गाँउपालिकाले जनाएको छ । कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उदेश्यले गाँउपालिकाले हेल्प डेक्स संचालनमा ल्याएको हो ।
गण्डकी प्रदेशमा प्रवेश गर्ने गरेका नागरिकहरुलाई लक्षित गरी गाँउपालिकाले आईतबाट आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्ग मुग्लीन पुल जीपमा कोरोना भाइरस हेल्थ डेक्स संचालनमा ल्याएको हो ।
प्रदेश नं ३ बाट आउदै गरेकोहरुको स्वास्थ्य परिक्षणको लागि हेल्थ डेक्स स्थापना गरेको गाँउपालिका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिएका छन् । दुई जना स्वासथ्य कर्मी १५ दिन सम्म निरन्तर रुपमा खटाइने उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button