म्याग्दे गाउँपालिकाका कृषकलाई निशुल्क माटो परिक्षणको सुविधा

दमौली खबर संवाददाता

तनहुँ, फागुन २२ गते

तनहुँको एक पालिकाका कृषकलाई आफूले खेती गरिरहेको माटोको स्वच्छता परिक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । म्याग्दे गाउँपालिकाका कृषकले स्थानीय स्तरमै परिक्षणको सुविधा पाउने भएपछि सो बाध्यताको अन्त्य हुने भएको हो । माटोको स्वस्थ्य माटो प्रयोगशालामा परिक्षण पश्चात मात्रै पत्ता लाग्दछ ।

व्यावसायिक कृषकहरुले किसानहरु माटो परिक्षण गरेर मात्रै कुन खेती उपयुक्त हुन्छ भनेर योजना बनाउछन् तर बिडम्बना स्थानीय स्तरमा हाल सम्म माटो परिक्षण प्रयोगशाला थिएन । पोखराबाट प्राविधिक बोलाएर म्याग्दे गाउँपालिकाले निशुल्क माटो परिक्षण गर्ने भएपछि कृषकलाई सहज हुने भएको छ । कृषि उपजलाई बढाउदै माटोको अवस्था अनुसारको उत्पादन गर्न र माटोको उपचार गर्नका लागि माटोको परिक्षण शिविर गर्ने निर्णय गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । कृषिमा आधुनिकरण, किसानको हितको लागि, माटोमा समस्या समाधान देखिएको, उब्जाउ घट्दै गएको, माटोको परिक्षण माटो परिक्षण शिविर गरिएको उहाँले बताउनुभयो । कुन माटोमा कुन खेती हुन्छ भनेर सल्लाह सुझाव दिनका लागि माटोको परिक्षण शिविर गरिएको र त्यसबाट लाभ लिन गाउँपालिकाले कृषकलाई आग्रह गरेको छ । माटोको परिक्षण बिनै अन्नबाली, तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र नोक्सानी हुनबाट जोगाउन माटो परिक्षण शिविर गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

माटोको परिक्षण पश्चात कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हन्छ भनेर कृषकलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधि समेत सिकाइनेछ । अहिले माटोमा आउने विधिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि माटो परिक्षणको व्यवस्था गर्नका लागि शिविर गरिएको शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । ‘‘कृषकलाई आफनो खेत वारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय छ भन्ने कुराको शिविरमा जानकारी गराउँछौं’’ घिमिरेले भन्नुभयो । हचुवाको भरमा अन्नबाली तरकारी र फलफूल खेती गर्दा समस्या हुन्छ, कुन माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ, माटोको स्वास्थ्य कस्तो छ लगायतको बारेमा कृषकलाई जानकारी दिईने उहाँले बताउनुभयो ।

माटोको खाद्य तत्व, अम्लियपन र माटोको समस्याका विषयमा माटोको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने भएकाले माटोपरिक्षण प्रयोगशालाको जरुरी पर्दछ । यही फागुन २५ गते निशुल्क माटो परिक्षण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग शिविर गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम तथा धेरै प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुदाँ यसको सन्तुलित प्रयोग कसरी गर्ने भन्ने बारेमा समेत जानकारी दिईने छ । शिविर वडा नम्बर ३ को गणेश आमा समुहको भवनका गरिने गाउँपालिकाले सूचना जारी गरि उल्लेख गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button