नेकपाले पार्टी संगठन सृढढीकरण गर्ने

दमौली खबर संवबददाता
फागुन २४

नेपाल कम्युनिष्ट पार्टी तनहुँको तेश्रो पुर्ण वैठकले पार्टीसंगठन सृढढीकरण गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी तनहुँको अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमले पार्टी संगठन विस्तार, सदस्यता, सुढढीकरण गर्ने निर्णय गरेको हो । पार्टी कार्यलय दमौलीमा भएको उक्त वैठकको प्रमुख अतिथी गण्डकी प्रदेश का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्ग रहेका थिए ।

यसैगरि सो वैठकले सरकारले लोकप्रिय काम गर्दे आएको भएतापनि विपक्षीले लगातार जनतालाई भ्रमित गरेको हुदाँ अभियानले सरकारले गरेको कामलाई जनताको माझमा पुरयाउने पनि पार्टीले जनाएको छ । सरकार जनताप्रति उत्तरदायि रहेको छ तर विपक्षी पार्टीहरु सरकारको त्यो काम नदेखि उल्टै जनतामा सरकारप्रति नकारात्मक भ्रम सिर्जना गर्न लागेका छन् , मन्त्री गुरुङ्गले भने । सरकार जनताको आवश्यकता पुरा गर्न दिर्घकालिन योजनाका साथ काम गरेको उनले दावी गरे । उनले भने, ‘सरकारले गरेका काम अव व्यवहारिक रुपमा सतहमा देखिनेछ तर हाम्रा पार्टी पंक्ति उक्त काम जनतामा पुरयाउन नसकेको हुदाँ विपक्षीले अनावश्यक रुपमा खेल्न खोजको छ, त्यसलाई चिर्न पनि पार्टीको संगठन विस्तार र सदस्यता नविकरण सहितको योजना प्रभावकारी हुनेछ । ’

यसैगरि वैठकले प्रधानमन्त्रीको शिघ्रस्वास्थ्य लाभको कामना र विश्वव्यापी रुपमा फैलिएको कोरना भाईरसवाट जनतालाई सुसिचित गर्ने निर्णय गरेको पार्टी अध्यक्ष केदार सिग्देलले जानकारी दिए । सोही अवसरमा अध्यक्ष सिग्देलले पार्टी सँधै जनताको साथमा रहेको हुदाँ पनि संगठन विस्तार र पार्टी सुढढीकरणमार्फत जनतामा जान लागको उनले बताए । सो अवसरमा पार्टीको निति तथा कार्यक्रम, जनतामा जानका लागी जिल्लामा रहेका पालिका, वडा, क्षेत्रमा विभिन्न शिर्ष नेतृत्व रहेको कमिटी समेत गठन गरिएको छ । वैठकमा गण्डकी प्रदेश का आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमान, प्रदेशसभा सदस्य आशा कोईराला, केन्द्रिय सदस्य एकवहादुर राना, प्रतापलाल श्रेष्ठ लगायतको उपस्थितीमा पार्टीका सचिव राजेन्द्र केसरी न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button