ऋषिङमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दमौली खबर संवाददाता

दानबहादुर श्रेष्ठ

झापुटार, माघ २२

ऋषिङ गाउँपालिकाको आयोजनामा चैथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारबाट सुरु भएको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटार स्थित शुक्ला माविको प्राङगढमा भएको प्रतियोगिताको उद्घाटन गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेलमा अनुशासन महत्वपूर्ण हुने बताउदै उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रमाइलोका लागि खेलाईएको खेल मात्रै नभएको बताउनुभयो । खेलबाट आगामी दिनमा हेन स्थानिय, जिल्लास्तरिय एवं राष्ट्रिय स्तरमा समेत विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ऋषिङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष एवं शुक्ला मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, ऋषिङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटले शुक्ला माविका प्रधानध्यापक केशर थापा, विद्यालयका शिक्षक होमनाथ ढकालल लगायतले विद्यार्थीहरु सहभागी खेलमा विशेष ध्यान दिन शिक्षक अभिभावलाई आग्रह गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा भलिवल, एथेलेक्टिक्स अन्तर्गतका जम्मा २८ वटा खेल हुने ऋषिङ गाउँपालिका शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाट जानकारी दिनुभयो । रनिङशिल्ड अन्तर्गत छात्रछात्रा भलिवल एथेलेटिक्स तर्फ सय सय मिटर दुई सय मिटर ४ सय ८ सय मिटर १५ सय मिटर दौड हुने जानकारी दिनुभयो । रिले दौडको कार्यक्रम समेत हुनेछ हाइजम्प लमजम्प, सटफुट, मार्सल आर्ट तर्फ कराते खेल समेत हुने भएको हो । ११ सामुदायिक माध्यमिक विद्यालयका करिव १ सय ५० भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागीता रहेको रानाभाटले जानकारी दिनुभयो । आइतवार भएको पुरुष भलिवल तर्फको पहिलो खेलमा शुक्ला मावि झापुटार र शान्ति मावि विचको खेलमा शुक्ला मावि विजयी भएको हो । त्यस्तै शहिद गंगा मावि ऋषिङ २ काहुँशिवपुर र बालविकास मावि विच भएको दोस्रो खेलमा शहिद गंगा मावि विजयी बनेको हो । बालशिक्षा निकेतन मावि ऋषिङ ८ र दिपक मावि ऋषिङ १ बिच भएको तेस्रो खेलमा दिपक मावि विजयी भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button