बजेट र सरकार

कविता – चिनु पोख्रेल
बजेट आयो अध्यादेशबाट घाटाको बजेट
तर· ल्यायो वितरणमुखी तातेछ यो जेठ ।
बोकेर आज ऋणको भारी कसरी चलाउने
ललिपप जस्तो बजेट ल्याइ जनता भुलाउने ।।

कदम चाल्छन नहेरी नियम अहं नै अँगाली
आशमा पारी त्रासमा झारी सपना सँगाली ।
टुट्ने र फुट्ने हुँदैछ यहाँ जुट्ने त कमै छन्
मुखले बोल्ने धेरै छन् यहाँ उठ्ने त कमै छन् ।।

कोरोना रोक्न कदम चालौं गरीबी हटाऔंं
नेपाल देश जनता दुःखी स्तर उठाऔं ।
भनेर भन्छन् तर यो काम कसैले गर्दैन
भोक र रोग शोकमा डुबे के मान्छे मर्दैन ।।

संविधान हैन डायरी जस्तो मनको कुरा त्यो
बनेर दानी नियम मानी को गर्छ पुरा त्यो ।
सपना सबै इरादा बनी कुर्सीमा टाँसिए
नेपाली जति विरही बनी बिदेश भासिए ।।

बोलेर राम्रो हुँदैन यहाँ काम पो गर्नु छ
देशको लागि त्यागेर स्वार्थ अघि पो सर्नु छ ।
सि·ापुर जस्तो बनाउन यहाँ प्रतिज्ञा चाहिन्छ
भगवान जस्तै न्याय पो दिए भजन गाइन्छ ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button