तनहुँमा ५५७ जना क्वारेन्टिनमा, ४०६ जनाको पिसिआर परीक्षण

भारत तथा जिल्ला बाहिराबाट तनहुँ प्रवेश गरेका ५५७ जनालाई क्वारेन्टिनमा राखिएको छ । यी मध्ये कोरोना परीक्षणका लागि ४०६ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ । क्वारेन्टिनमा रहेकामध्ये ४०६ जनाको पिसिआर प्रविधिमार्फ कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएकोमा ३२० जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले जानकारी गराए । उनका अनुसार जिल्लामा ७१३ जनामा आरडिटी किटमार्फ कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पोजेटिभ आएका ऋषिङ्ग गाँपालिकाका २८ वर्षका पुरुषलाई सुरक्षित रुपमा शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइशोलेसनमा राखि उपचार गरिदै छ । भारत लगायत बाहिरी जिल्लाबाट आएकामध्ये भानु नगरपालिकामा १७, व्यास नगरपालिकामा १२८, शुक्लागण्डकी नगरपालिकामा ६९, भिमाद नगरपालिकामा ४६, म्याग्दे गाउँपालिकामा ३६, घिरिङ्ग गाउँपालिकामा ५३, रिसिङ्ग गाउँपालिकामा १५८, देवघाट गाउँपालिकामा २१, बन्दीपुर गाउँपालिकामा१४, आँबुखैरेनी गाउँपालिकामा १५ गरी ५५७ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

संक्रमितको अवस्था सामान्य रहेको र उनलाई स्वास्थ्यकर्मीको रेखदेखमा राखिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । उनले भने, ’संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । अबको दुइ दिनमा फेरी उनको पिसिआर परीक्षण गरिने तयारी गरेका छौं ।’ यस्तै, चैत्र १ गतेयता भारत लगायतका देशबाट १ हजार ४७३ जना जिल्ला फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, आवश्यक समयका लागि भनि २७ एम्बुलेन्स, ९६ थर्मल गन, ६७२ क्वारेन्टिन, ४२ आइसोलेसन वेड, ४६६ पिपिई र ६२ वटा हेल्थ हेल्प डेक्सको व्यवस्था गरिएको जनाइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button