बारूले बुढो र अरिंगाले बुढो
कमलभक्त पोखरेल
वनारसबाट शास्त्री पास गरेर आएका बुढा गाउँमा शिक्षित व्यक्तिका रूपमा चिनिन्थे । गिताको अभ्यास गर्थे । एउटा खरले छाएको सानो मन्दिरमा बसेर नित्यकर्म पछि उनले गिता पाठ गर्थे । गिता पाठ गर्ने मान्छेलाई कुनै लोभ,क्रोध,मोह , तथा मात्सर्य नहुनु पर्ने हो । तर बुढा भने अलि प्रतिसोधी बानी भएका थिए । मन्दिरको छानामा बारूलोले गोला लगाएछ । नजिस्क्याउदासम्म त्यसले मानिसलाई चिल्दैन भन्नेमा बुढाको विश्वासको पनि थियोे । बारूलोको गोलाको व्यास बढ्दै र संख्या थपिदै गयो । एकदिन संजोग कस्तो प(यो भने बारूलोको विष्टी बुढाको गिताको किताबमा प(यो । एकदुई पटक त बुढाले सहेका थिए । बारंबार किताबमा बारूलोले बिष्ट्याईदिए पछि बुढाको रिसको पारो चढ्यो । बुढा रिसले चुर हुदै भने ू तेरिमा सियार्ने यो मन्दिर तैंले बनाएको कि मैले ूरु बुढा रिसले भाउन्न भए र एउटा हातमा बाल्टीमा पानी र अर्को हातमा राँको लिएर आए । बुढाले के अडकल गरेछन भने राँको सल्केको अबस्थामा एक बाल्टी पानीले सजिलोसँग निभाउन सक्छु ।
बाहिरपट्टि एकपटक टेष्ट पनि गरे सजिलोसँग निभाउन सकिन्थ्यो सके पनि । अनि बुढाले बारूलोको गोलामा आगो सल्काए तर आगो त विजुलीको गतिमा फैलियो । एक बाल्टी पानी ह्वात्तै फाले । तर एक छेउ पनि आगो निभेन । क्षणभरमा घर, गोठ स्वाहा भयो । कति अन्न जल्यो, कति कपडा, भाँडाकुँडा , गहना, खाट ,सन्दुस, मदुस् लगाएतका घरमा भएका सबै चिजविज जलेर खरानी भयो । गाउँमा सबैभन्दा गरीब बारूले बुढा बने । नाम पनि पाए ू बारूले बुढाू ठिक यस्तै प्रकारको नियती बनेको छ हालैको नेपाल को परिस्थिति । एकबाल्टी पानी रूपी चुनाबले नेपाल र नेपाली को घरगोठमा सल्केको आगो निभ्नेवाला छँदैछैन । रोग , भोक र शोकले आक्रान्त नेपाली जनतालाई एक नम्बर को भ्रष्टाचार मुक्त देश चाहिएको छ । एक नम्बरको भ्रष्टाचारी देश होईन । देशमा आगो लगाउने अरिंगाले बुढाको रिसको आवेग यति बढेको छ कि सबै सर्बनाश गराएरै छाड्छु भन्छन् हरदम । सर्बनाश भएपछि मात्रै आबेग रोकिने देखिन्छ । अब यो आगोले उनलाई त बारूले बुढोको नियति त बनाउछ नै बनाउछ ।
तर आफुले अभिभावकत्व लिनुपर्ने नेपाली जनतालाई पनि आर्थिक रूपमा हरिकंगाल बनाएरै छाड्ने भए । जे होस् त्यो गाउँमा कति मान्छे जन्मे ,मरे तर पनि बारूले बुढालाई कसैले बिर्सदैनन् । आजपनि उनका सन्तानलाई बारूलेका सन्तान भन्छन् ।त्यसरी नै अरिंगाले बा लाई पनि नेपाली जनताले युग युगसम्म सम्झने नै भए । भारतीय रअको एजेन्ट आएपछि भएको अरिंगालजीको गुनलाई नेपाली जनताले उनको धरौटी जफत गरेर मात्रै तिर्नुपर्छ । होईनभने नेपाली जनताको इमानदारीता शंका गर्नुपर्ने देखिन्छ ।
लेखक नेपाल शिक्षक संघ, तनहुँका अध्यक्ष समेत हुन