अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई

दमौली खबर संवाददाता

दमौली, माघ २९

अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित हुनु दुःखद भएको व्यासका प्रवक्ताको भनाई रहेको छ ।

पवक्ता तथा वडा नम्बर ६ वडाध्यक्ष जीवन गुरुङद्धारा शनिबार जारी विज्ञप्तीमा सो भनाई सार्वजानिक गरिएको हो । ‘व्यास नगरपालिका भित्र भएका विगत केहि समयमा देखिएका कर्मचारीहरु विचका शैलीजन्य समस्याहरुका बारेमा सामाजिक सञ्जालका टिका टिप्पणी र केहि राजनैतिक दल, युवा संघ संगठनबाट राखिएका जिज्ञासाका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ । स्थानीय सरकारलाई कमजोर बनाउने र व्यक्तिपरक गुण दोषका अनुमानका भरमा अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित गर्ने कार्य दुःखद भएको उल्लेख गरिएको छ ।

व्यास नगरपालिका भित्र घरबास नभएका कर्मचारीहरुलाई काम विशेषका आधारमा दिइएको घरभाडा, अतिरिक्त सुविधाहरु पुर्नविचार गर्न २०७९ असार महिनामा भएको नगरसभाबाट कटौति गरी सकिएको जनाइएको छ । कर्मचारीहरु विच द्वन्द सृजना भएको भनी लेखिएका समाचारहरुमा सत्यता नभएको प्रवक्ता गुरुङले विज्ञप्तीमा उल्खेख गर्नु भएको छ । हरेक वर्ष महालेखा परिक्षण कार्यालयबाट लेखापरिक्षण हुने र लेखापरिक्षणबाट औंल्याइएका सुझाबहरुलाई नगरपालिकाले कार्यान्वयन गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यस नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीहरुको सम्मान, सुरक्षा र स्वाभिमानको रक्षा गर्ने दायित्व नगरपालिकाको र एक्काइसौं शताब्दीमा सबैले सबैका प्रति मानविय आधारमा सम्बन्ध राख्न जरुरी छ’ विज्ञप्ती जनाईएको छ ।

आफ्ना बोली, वचन र शैलिले सृजना भएको समस्यालाई सिंगै संस्थाका प्रतिको नियत भनि मनगढन्ते टिप्पणीहरु गरिनु दुःखद उल्लेख गरिएको छ । साथै सो विज्ञप्तीम्ँ नगरपालिका भित्र सृजना भएका समस्याहरु समाधान गर्न नगर कार्यपालिकाका जनप्रतिनिधिहरुमा ऐक्यबद्दता रहेको र विभिन्न आधारमा प्रयासहरु भइरहेको सम्बन्धित सबैमा अनुरोध छ, साथै सबैलाई संयमित भई आम नगरवासीको सेवामा लाग्न अनुरोध गर्दछौ’ भनि भनिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button