‘तरकारी खेती गरेर गुजारा चलाउने हामी जस्तालाई कसैले हेरेन’
‘अब फेरि लकडाउन हुन थाल्यो । कसरी काम गर्ने होला? कसरी खर्च जुटाउने होला?’, दमौलीको सडक पेटीमा तरकारी बेच्न बसेकी म्याग्दे ३ की सन्तुमाया आले चिन्ता व्यक्त गर्दै भनिन्, ‘चार महिना लकडाउन हुँदा उही गरिब दुःखीलाई समस्या प¥यो । अब फेरि लकडाउन भयो झनै कस्तो होला?’ उनले अहिले दमौलीको पेटीमा बसेर तरकारी बेच्न नपाएको १५ दिन हुन लाग्यो । कोरोना भाइरसको संक्रमण फैलन नदिन कतै लकडाउन त कतै निषेधाज्ञा गर्न थालिएको छ। जसका कारण मजदुर, किसान लगायतलाई समस्या पार्ने गरेको छ। अब हुने लकडाउनप्रति किसान चिन्तित बनेका छन्। ‘एक लाख ५० हजार खर्च गरेर कांक्रो खेती गरेँ। राम्रो फल्यो। तर, वैशाख, जेठमा बजार नै पाएन। लकडाउनले गर्दा पाँच रुपैया मुल्यमा विक्री गर्दा पनि बिकेन’, आँबुखैरेनी गाँउपालिकाकी १ बरादी की तुलसीमाया पन्थले भनिन्, ‘जति धेरै महामारी फैलिन्छ त्यति धेरै हामी जस्तै किसान पिल्सिने हो।’ उनले थपिन्,“अहिले पनि महामारी फैलियो भन्दै गाँउपालिकाले बेला बेला लकडाउन गदै गरिइएको छ । झन हामी किसान मारमा परेका छौ ।” यस वर्ष हरेक वर्ष किसानले घाटा बेहोर्नु परेको उनले बताइन्। ‘कोरोनाले गर्दा समस्यामा परेका किसानलाई राहात रकम दिएको सुनेँ। तर, हाम्रो वडामा कुनै पत्तो भएन’, उनले भनिन्, ‘तरकारी खेती गरेर गुजरा चलाउने हामी जस्तालाई कसैले हेरेन।’
आफै किसान आफै व्यापारी
आँबुखैरेनी गाँउपालिका २ मार्किचोकका मेघराज मगर हरेक दिन बिहान साढे ४ बजे नै उठ्छन्। अनि सुरु हुन्छ आँबुखैरेनीको यात्रा । यो सिजनमा आँबुखैरेनी क्षेत्रमा फलेको तरकारीको व्यापार राम्रो हुन्छ। चैत, वैशाख, जेठमा आँबुखैरेनीमा फलेको तरकारी चितवन नारायणघाट पु¥याउने उनले अहिले भने आँबुखैरनी बजारमा बिक्री वितरण गर्दै आएको छन। चार वर्ष भयो उनले गाउँको तरकारी शहरमा ल्याएर विक्री गर्न थालेको। ‘तरकारी फलाएर मात्रै हुँदो रहेनछ। धेरै मेहनत गर्ने किसानभन्दा तरकारी विक्री गर्ने मान्छेले धेरै आम्दानी गरेको देखेपछि आफै किसान, आफै व्यापारी बन्ने योजना बन्यो’, मगरले भने, ‘तरकारी फलाउने किसानभन्दा विचौलियाले धेरै फाइदा लिएको देखेपछि आफै किन व्यापारी नबन्ने भन्ने लाग्यो। अनीसडकको पेटीका बसेर तरकारी बेच्न थालेका हो ।” उनले उत्पदान गरेको सिजन अनुसार तरकारी बेच्न थालेको उनले बताए ।