घरमा आगजनी गर्नेको पहिचानमा ध्यान दिऔं

गत बिहीबार तनहुँमा अप्रिय घटना घट्यो । व्यास नगरपालिका ३ शान्ति नगर स्थित पञ्चवहादुर रानाको घरको च्यानल गेटमा विहीबार राती साढे १० वजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरिन् । त्यो आगो समयमा नै नियन्त्रणमा लिन सकेकाले जनधनको क्षति हुन बाट रोकिए । बजारको बाक्लो बस्तीमा हुने आगो फैलिएको भए कहाली लाग्दो घटनाको सामना गर्नुपर्ने अवस्था थियो । स्कुटरमा आएकी अपिरिचित युवतीले रानाको घरको च्यानल गेटमा आगजनी गर्नु जयन्य अपराधा हो । ति महिलाले कपडामा पेट्रोलियम जन्य पदार्थले च्यानलगेट भित्र आगो लगाएर फरार भईन् । शुरुमा रानाको घर हेरेर फर्कीएकी ति युवतीले रानाको घर नजिकै रहेको चाउमिन फ्याक्ट्रीको रोकी राखेको जिप अगाडी स्कुटर रोकेर आगो लगाएको सिसि क्यामेराबाट देखिएको छ । सोही ठाउको पिच सडक छोडेर नालाको वाटो हुदै ति युवती कपडामा प्रज्ज्वलशिल पदार्थ लिएर आगजनी गरेर भागेको देखिएको छ । यस घटनाको दोषी पहिचान गरी प्रहरीले कारवाही अगाडी वढाउनु पर्छ । जिल्लामा यसरी पेट्रोलियम पदार्थको प्रयोग गरी मानिसले घरको च्यानलगेट भित्र आगो लगाएको सायद पहिलो घटना हो । यस्तो घटनाले स्थानीय आतंकित भएका छन् । दोषी पत्ता लगाउन प्रहरीले विशेष ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button