पराशर माध्यामिक विद्यालयद्धारा आयोजित हाजिर जवाफ प्रतियोगिता सम्पन्न दमौली स्थित सत्यवती मावि प्रथम

दमौली खबर संवाददाता

दमौली, फागुन १२

व्यास नगरपालिका–४ बागबजार, दमौली स्थित पराशर माध्यामिक विद्यालय आज अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।

विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता गरिएको क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी दिनुभयो ।

प्रतियोगितामा व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालय प्रथम भएको छ व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङ स्थित जनजागृति माध्यामिक विद्यालय द्धितीय भएको छ भने भानु नगरपालिका–५ मईबल स्थित सरस्वती सदन मावि तृतीय भएको छ । प्रतियोगिता पराशर कलेज तथा पराशर माध्यामिक विद्यालयको प्राङ्गणमा गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ हजार, द्धितीयलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार नगद तथा प्रमाणपत्र पराशर कलेजका प्रमुख अमृत भण्डारीले प्रदान गर्नुभयो । सो अवसरमा क्याम्पस प्रमुख भण्डारीले यस्ता प्रतियोगिताले प्रश्नको स्वभाव र प्रकृति, बुझ्ने, चाँडै उत्तर दिन सक्ने क्षमतालाई विकास गर्नेहुँदा विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button