रोशनी केसीद्वारा निर्देशित “त्यही सच्चा नेपाली” गीत एक, कलाकार तीस

देशका चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्तीको अवसर पारेर सार्वजनिक भएको छ। भिडिओमा सत्यमोहन जोशी, नीर शाह, दीपाश्री निरौला, छुल्ठिम गुरुङदेखि आकाश श्रेष्ठसम्मको अभिनय छ।

गीतमा देविका बन्दना र राजन इशानले स्वर दिएका छन्। आनन्द अधिकारीको रचना भएको यस गीतमा संगीत पनि राजनकै छ।

अभिनेत्री तथा निर्माता रोशनी केसीले गीतको भिडियोको निर्देशन छन्। उनले ४ दिन लगाएर लोकतन्त्र पार्क, पाटन, पशुपति क्षेत्रमा आदिमा गीत छायांकन गरिएको जानकारी दिइन्।

‘कलाकार जुटाएर काम गर्न एकदमै गाह्रो थियो। तर, आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेका हौं,’ रोशनीले भनिन् ,‘यसले नेता तथा कार्यकर्तालाई पनि झक्झक्याउने विश्वास लिएकी छु।’

फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद् सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाललगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ।

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी गरेका छन्। रेनिश फागोको कलर करेक्सन रहेको गीतको भिडियो अर्जुन जिसीले सम्पादन गरेका हुन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button