आँबुखैरैनी गाउँपालिकाका जनप्रतिनिधीेका छोरा छोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थाले

दमौली खबर संवाददाता

तनहुँ, वैशाख २५ गते

तनहुँको आँबुखैरेनी गाउँपालिका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका छन् । गाउँकार्यपालिको बैठकले यसै शैक्षिक सत्र देखि अनिवार्य रुपमा सबै जनप्रतिनिधीले आफ्ना सन्तानहरुलाइ अनिवार्य रुपमा सामुदायिक अध्ययन गराउनु पर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएकाले पढेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २ छोराछोरीलाई सामुदायिक विद्यालयमा पढ्न थालेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा २ कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराइसक्नुभएको छ । अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गर्नुहुन्थ्यो ।

सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिन सामुदायिक विद्यालयमा आफ्नो छोराछोरीलाई भर्ना गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरुपको प्रतिफल प्राप्त नभएकोले सुधारको लागि दबाब दिने उद्धेश्य अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढ्नु पर्ने निर्णय गरि कार्यान्वयन ल्याउन थालिएको अध्यक्ष चुमानले बताउनुभयो । ‘शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यालयप्रति विश्वास जगाउनका यस निर्णयले मद्धत पुग्ने विश्वास लिएका छौं’’ चुमानले भन्नुभयो । जनप्रतिनिधीका छोराछोरीले सरकारी विद्यालयमा पढन थालेपछि खस्कदै गएको नतिजामा सुधार भई सहज र सुलभ रुपमा पढने वातावरण कायम हुने विश्वास गाउँपालिकाको छ ।

सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि राज्यको नेतृत्व गर्ने मानिसहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउने सामुदायिक विद्यालयमा भर्ना कार्य भईरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ‘‘वोडिङ भन्दा सरकारी विद्यालयको नतिजा राम्रो बनाउन यस्तो निर्णयले सहयोग गर्ने अपेक्षा लिएका छौं’’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । यस गाँउपालिकामा ३२ जना जनप्रतिनिधिहरु रहेका छन् । पालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब चार हजार तीन सय विद्यार्थी रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button