लालपूर्जा छ खेत छैन
व्यास नगरपालिका वडा ६ लोध निवासी पूर्णसिं गुरुङको सात रोपनी खेत साँगे खोलाले कटान गरेर बगरमा परिणत गरिदिएको छ। आफ्नै खेतबाट हुने उब्जनीले साँझ विहान खान पुग्ने गुरुङ अहिले अरुको खेत अधिया बटैया लगाएर छाक जुटाउनु परेको छ। ‘खेत त सात रोपनी छ। तर, सबै बगरमा छ’ उनले भने ‘हातमा सात रोपनी खेत को पुर्जा छ । तर, खेतमा खोला हिंडेको छ । ढुंगो माटो खान भएन् । धान फलाउने आफ्नो खेत छैन्।’ उनि हरेक दिन जसो खोला किनार पुग्छन र आफ्नो वगरमा परिणत भएको जमिन नियाल्छन् ।
बगर बनेको खेत हेर्ने शिवाय अरु विकल्प पनि छैन्। ‘धान, मकै खेती हुने खेत थियो। अहिले ढुंगा, गिट्टी र बालुवा मात्रै छ’ उनले भने–‘कहिले तटबन्ध होला र खेत निस्केला भन्ने आशा छ।’ बर्खायाममा खोला दुई भंगालामो बग्ने गर्छ । ‘हरेक बर्ष खोला वर वर सर्दै आएको छ’ गुरुङले भने,‘खै तटबन्ध भएको छैन् । बगरको खेत हेर्ने र तटबन्ध कुर्ने काम मात्रै भएको छ । २०४२ सालमा साँगे खोला मा ठुलो बाढी आयो । त्यो बाढीले दर्जनौं वस्ती विस्थापीत गर्यौ ।
हजारौं जमिन बगरमा परिणत गर्यो। बाढीले खेतीबारी बगर भएर पछि बस्ती नै रित्तीने क्रममा आयो । विगत सम्झदै सोही ठाँउका गोविन्द लामिछानेले भने–‘पहिला खेती गदै बसेको ठाउँमा खोला हिंडेको छ । अहिले त ढिकमा घर छ । खोलाको तटबन्धको लागी धेरै पटक योजना माग्यौं । तर, हाम्रो तिर कार्यक्रमनै पर्दैन । पहुँच नपुगेर त होला ।’ साँगे खोलाले पुर्जावाला खेत कटान गरेको छ । त्यो खेत को अझैं खेत धनीले मालपोत कर बुझाउदै आएका छन् । ‘मालपोत त बुझाउनै पर्यो। हातमा खेत को लालपुर्जा छ । तर, खेत भने बगर बनेको छ।
कुनैदिन खेत उकासिएला भन्ने आशाले मालपोत बुझाउने गर्छौं’ पूर्णसिंले भने–‘आफूलाई खान लगाउन पुग्ने खेत थियो । तर, खोलाले काट्दा गरिब बनायो । अधिया बटैया लगाएर घर खर्च जुटाउनु परेको छ ।’ खेती गर्ने खेतबारी बगर भएपछि गाँउमै विस्थापित हुने क्रममा रहेको स्थानिय पुरुषोत्तम लामिछानेले बताए । उनले भने,“गाँउको विकासमा कसैले ध्यान दिएन्, गरिखाने खेतीबारी खोलाले लगेपछि यहाँका दजानौ बासिन्दा बसाईसराई गरेका छन् । ”