रामचन्द्रलाई सम्मान जोशीलाई मतदान
दमौली खबर संवाददाता
दमौली, भदौ १९ । राजनीतिज्ञ गोविन्दराज जोशी समुहसमुहले नारा तय गरेको छ । रामचन्द्र सम्मान र जोशीलाई सम्मान गरेर नेपाली काँग्रसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँको राजनीति हैसियत गुमेकोले आफू राजनीतिमा सक्रिय हुन बाध्य भएको बताउनुभएको छ । जोशी समुहले आज बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । तनहुँको राजनीतिक हैसियत कायम भई जनताले विकास तथा रोजगारी पाएको भए आफु राजनीतिमा सक्रिय नभई आराम लिने बताउनुभयो । तनहुँमा काँग्रेसका पाँच जना केन्द्रीय सदस्य भएपनि जिल्लामा देखिने गरी बजेट पार्न नसकेको बताउनुभयो । ‘५ देखि १० करोड योजना समेत पार्न सकेका छैनन् नेता जोशीले भन्नुभयो, नेपाल सरकारको रातो किताब हेरेर नियमित आउने बजेटलाई आफूले पारेको भनि दाबी गरेको बताउनुभयो । राजनीतिक हैसियत नभएकाले तनहुँका जनजाति हेपिनु परेको नेता जोशीको भनाई थियो । वरिष्ठ नेता सहित जिल्लाका पाँचै जना केन्द्रीय सदस्य रहेर नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन गर्दा तनहुँका एक जनालाई समावेश गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले ४९ जनाको समिति मनोनित गर्दा तनहुँका एक जना पनि परेनन् राजनीतिक हैसियत यसबाट पनि बुझ्न सकिने उहाँको भनाई थियो । ‘गोरखामा दुई जना समावेश हुँदा तनहुँमा एक जना पनि समावेश भएनन् ४९ को संख्या बढेर ५१ को बनाएर दुई जना थप गरेको भएपनि हुने थियो’ नेता जोशीले भन्नुभयो । पूर्वगृहमन्त्री समेत रहनु भएका नेता जोशीले तनहुँका जनताको चाहाना अनुसार अन्तिम एक पटकका लागि आगामी संघीय निर्वाचनमा उम्मेदवार बन्ने बताउनुभयो ।
कार्यक्रममा विपी विचार राष्ट्रिय समाज समाजका केन्द्रीय सदस्य सुुकुमलाल गुरुङले तनहुँको शैक्षिक, सडक, विद्युुत, अस्पताल तथा रोजगारी दिई विकासको जग बसाल्ने नेता गोविन्दराज जोशी नै भएकोले उहाँ उम्मेदवार बन्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले आफ्नो सिद्धान्त विर्सिएर अन्यपार्टीको सिद्धान्त काँग्रेसले बोकेकोले काँग्रेस कमजोर भएको पण्डितको भनाई थियो ।
कार्यक्रम स्वस्तन्त्र अभियान्ता प्रेमबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता दीपकराज जोशी, विपी विचार समाज तनहुँका उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ लगायतले जोशीले गरेको कार्यको प्रचार गरी भोट माग्न गाउँ गाउँमा पुुग्न कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।