घाँसीकुवाको संरक्षण गरौं

दमौली खबर संवाददाता

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अतित्व जोखिम परिरहेको बेला सांसदले कुरा उठाएपछि संरक्षण हुनेमा स्थानीय बासिन्दा आशाबादी रहेका छन् । कुवा संरक्षणको लागि प्रतिनिधी सभामा कुरा उठेपछि स्थानीय बासिन्दा संरक्षण हुनेमा विश्वस्त हुनु स्वभाविक पनि हो

तनहुँ–१ को उपनिर्वाचनबाट निर्वाचत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले सपथ लिएकै दिन शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै ऐतिहासित तथा पुरात्तात्विक महत्वको घाँसीकुवा संरक्षण गर्ने आवाज उठाउनु खुसीको कुरा हो । जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु, भनि सांसद वाग्लेले भन्नुभएको थियो । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्नेहुँदा संरक्षणको लागि तुरुन्त चासो राख्नु जरुरी देखिएको छ । न्युन आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिईरहेकोले संरक्षण गरिनु पर्ने देखिएको छ ।

भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाई भानुक्त आदिकवि बन्नु भएको थियो । यसर्थ घासीकुवाको संरक्षण गरिनु पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानलाई असर पर्ने कुरालाई ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button